spot_img
Wednesday, March 29, 2023
Homeब्यानरनेपाली कांग्रेसकाे अयोग्यता कारण रूपन्देही- ५ पछाडि पर्याे : भट्टराई

नेपाली कांग्रेसकाे अयोग्यता कारण रूपन्देही- ५ पछाडि पर्याे : भट्टराई

spot_img

दीपक/ सुमन जैसवाल , लुम्बिनी
रूपन्देही,नेपाली कांग्रेसकाे अयोग्यता कारण रूपन्देही क्षेत्र नं. – ५ पछाडि परेकाे नेकपा एमालेका पाेलिटव्युराे सदस्य खिमलाल भट्टराईले बताएका छन । लुम्बिनी संस्कृतिक नगरपालिका स्थित खुनगाईमा आयाेजित नेकपा एमालेकाे चुनावी प्रचारप्रसार कार्यक्रममा उनले साे कुरा बताए ।
रूपन्देही क्षेत्र नं. – ५ मा नेपाली कांग्रेसले तीन पटक जितेर १५ वर्षसम्म केही काम गर्न नसकेकाे उनले बताए । उनले भने, –नेपाली कांग्रेसका कारण यस क्षेत्रकाे शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, राेजगार, उद्योग-व्यावसय, भाैतिक पूर्वधारहरू बाटाे-पूल निर्माण, फाेहाेरमैला व्यवस्थापन लगाएत विकासका सबै काम पछि परेका छन् , नेपाली कांग्रेसले केही काम गरेन।´ नेपाली कांग्रेसबाट अब देश चल्न नसक्ने र यस क्षेत्रकाे विकास हुन नसक्ने उनकाे भनाई छ । लुम्बिनी क्षेत्रकाे विकास जुन गतिमा हुनु पर्ने हाे त्याे नभएकाे बताउदै उनले भने -गठबन्धन सरकारले महंगी, भ्रस्टाचार बढाएकाे छ, अब आर्थिक क्रान्ति सहितकाे विकास चहिएकाे छ, त्याे नेकपा एमालेले पूरा गर्छ ।´
रूपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले नीति निर्माण देखि विकासका कार्यमा अगुवाई गरिने बताए । ककरहवा नाका संग जाेडिएर रहेकाे कालिदह भन्सारलाई व्यवस्थित बनाइने, लुम्बिनी र यस बाहिर रहेकाे बाैद्धकालिन सभ्यता संग गाँसिएर रहेका पर्यटकीय क्षेत्रकाे प्रवर्द्धन तथा विकास गरिने उनले प्रतिबद्धता जनाए । सबै जात धर्मकाे सम्मान गर्दै यस क्षेत्रकाे समृद्धि र विकास आफ्नाे जिम्म भएकाे उनले बताए ।
रूपन्देही क्षेत्र नं. ५ ख´का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामचन्द्र यादवले प्राथमिकताका आधारमा स्थानीयहरूकाे सहभागितामा विकासका काम गरिने बताए । यस क्षेत्रकाे कृषि,पर्यटन,शिक्षा, स्वास्थ्य लगाएत भाैतिक पूर्वधारकाे विकास गरिने उनकाे भनाई छ । रूपन्देही क्षेत्र नं. -५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार तिलाेत्तमा नगरपालिकाका पूर्व मेयर बासुदेव घिमिरे, रूपन्देही क्षेत्र नं. -५क´ बाट भूमिश्वर ढकाल र रूपन्देही क्षेत्र नं.- ५ `ख´ बाट रामचन्द्र यादव प्रदेश सभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here