गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्धारा सोमबार बाँकेको नेपालगंजमा आयोजना गरीएको निःशुल्क आँखा तथा कान जाँच शिविरबाट तीन सय बढिले आँखा जाँच गराएको छन । विभिन्न सामाजिक सेवाका कार्याक्रमहरु गर्दै आएको फाउन्डेसनले विषेश गरी धार्मिक महन्तहरुलाईको आँखा तथा कान चेकजाँचको लागि शिविर राखेको थियो ।शिविरमा उपचारको क्रममा तीन सय पाँच जना मध्ये ६२ जनामा मोतिया विन्दु देखिएको समेत शिविरमा फत्तेबाल अस्पाताल नेपालगंज बाँकेबाट खटिएका नेत्र अधिकृत छल्दुलाल थारुले जानकारी दिएका छन ।नेपाल र भारतीय मुलुकका सन्तहरुलाई भनेर आयोजना गरीएको शिविरमा अन्य जेष्ठ नागरीकहरुले समेत उपचार गराएका थिए । उपचारका क्रममा भेटिएका मोतिया बिन्दुका विरामीहरुको निःशुल्क उपचार गरीने समेत फाउन्डेसनका संरक्षक प्रदिप शाहले बताए ।नेपालगंजको फुल्टेक्रा स्थित श्री १००८ हडिया बाबा मेलामा आएका महन्तहरुको लागि भनेर आयोजना गरीएको शिविरमा तीन सय पाँच जनाले आँखा जाँच गराएका थिए भने दुई सय चौविसले कान जाँच गराएका थिए ।आँखा र कानको निःशुल्क औषधि र उपचारका साथै आँखाको मोतियाविन्दुको समेत निःशुल्क अपरेसन गर्ने फाउन्डेसनले बताएको छ ।शिविरमा नेत्र ज्योति संघ फत्तेबाल आँखा अस्पाताल र व्रिजोन स्वाथ्य स्हार केन्द्रको सहकार्य रहेको थियो ।




