spot_img
Wednesday, February 1, 2023
Homeब्यानरबाँके–१ मा सूर्य ढकाल लोकप्रिय बन्दै

बाँके–१ मा सूर्य ढकाल लोकप्रिय बन्दै

spot_img

बाँके क्षेत्र नं.१ मा नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकाल लोकप्रिय बन्दै गएका छन् । युवा नेता ढकालको पक्षमा राप्तीसोनारीका गाउँवस्तीबाट युवा देखि वृद्ध उमेरका मतदाता उत्साहका साथ चुनावी कार्यक्रममा खुल्न थालेका छन् ।वितेको ५ वर्षमा जितेर गएका जनप्रतिनिधि फर्केर नआएकोले आगामी मङिसर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं. १ मा युवा नेता ढकाललाई जिताउन मतदाता लागिपरेको पाईएको छ । सोमवार राप्तीसोनारी गाउँपालिका वडा नं. १ कुसुममा नेकपा एमाले र राप्रपाले आयोजना गरेको संयुक्त चुनावी आमसभामा खासकुस्माका गाउँवस्तीबाट ठूलो सङ्ख्यामा युवादेखि वृद्ध उमेरका मतदाता उत्साहका साथ सहभागि भई युवा नेता ढकाललाई जिताउन गाउँ–गाउँ वस्तीबाट लाग्ने प्रतिवद्धता जनाएका छन् ।
सो सभामा बोल्दै उम्मेदवार ढकालले बाँके क्षेत्र नं १ विकासको लागि प्राकृतिक रुपमै प्रचुर सम्भावना रहेको बताउदै त्यसको सहि सदुपयोग गर्न र समृद्ध बाँके निर्माणको जिम्मेवारी एकपल्ट एमालेलाई दिन आग्रह गरे । “कोहलपुर, राप्तीसोनारी र नरैनापुरमा मैले राजनीतिको धेरै समय र पसिना बगाएको छु, प्रत्येक टोल, वस्ती र घर–घरमा पुगेको छु, त्यसैले म बलियो र विजय नजिक छु”,उहाँले भन्नुभयो,“म जनताको काम गर्ने व्यक्ति हुँ, यहाँका जनताले काम नगर्ने व्यक्तिलाई बोकेर हिँड्दैनन् ।” चुनावी सभामा बाँके क्षेत्र नं। १ प्रदेश क प्रदेशसभा सदस्य उम्मेदवार नरेन्द्र पौडेलले राष्ट्रिय स्वाभिमान, विकास र समृद्धिको लागि बाँके क्षेत्र नं. १ मा यसपटक जनताले आफुहरुलाई न्याय गर्न आग्रह गरे।
पूर्वमन्त्री एवम् राप्रपाबाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवार प्रेमबहादुर भण्डारीले बाँके क्षेत्र नं. १ मा यसपटक नेकपा एमाले र राप्रपाका उर्जावान युवा उम्मेदवारको पक्षमा जनमत रहेको उल्लेख गरे । नेकपा एमाले केन्द्रीय सदस्य शान्ति ढकाल, केन्द्रीय निर्वाचन आयोग सदस्य विजया धिताल, बाँके उपाध्यक्ष डिल्ली बिसी, राप्रपा केन्द्रीय सहमहान्त्री ऋषिराज देवकोटा लगायतले बाँके क्षेत्र नं.१ को समग्र विकासको लागि सूर्य ढकाल र नरेन्द्र पौडेललाई विजयी बनाउन जनता आतुर रहेको दावी गरे ।राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा नेकपा एमालेको संगठन राम्रो रहेको छ । यी दुई स्थानीय तहका ९ वडामा एमालेले जीत हासिल गरेको छ । १ वडामा जीत हासिल गरेको राप्रपासँग तालमेल र एमाले उम्मेदवार ढकालको लोकप्रियताले आफुहरु जीतको नजिक पुगेको एमाले क्षेत्र नं.१ निर्वाचन परिचालन कमिटीका संयोजक बलराम भट्टराइले बताए।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here