spot_img
Tuesday, June 6, 2023
Homeब्यानरबिकासवादी नेता अथक

बिकासवादी नेता अथक

spot_img

बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट बाँके क्षेत्र नं. १ को उम्मेदवार बनेकामाओवादीकेन्द्रका नेतामहेश्वरजंगगहतराज(अथक)दोस्रो कार्यकालकालागीप्रतिनिधी सभानिर्वाचनको चुनावी मैदानमाहोमिदैंएका छन । बिकासबादी नेताको छबि बनाएकाअथकको उम्मेदवारीले यस क्षेत्रकानागरीकउत्साहितभएका छन ।
२०७४ सालमा यस क्षेत्रबाट बिजयीभए पछि थुप्रै दिर्घकालिनमहत्वका योजनालाई अगाडी बढाएकै कारण उनको चर्चा जिल्लाभरी नै छ । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाउनको जितनिश्चित जस्तै रहेको स्थानियको भनाई छ ।
राप्तीसोनारी ६ का राम प्रसादथारुले २०७४ सालमाउम्मेदवार हुँदाअथककोहो?भनेर चिनाउनु परेपनिअबअथकबारे सबै जनताजानकार रहेको बताए । राप्तीनदिमापक्कि तटबन्धको काम सुरु गर्ने, दर्जनौंउत्तर दक्षिण र पुर्व पश्चिमफर्केका बाटोहरु निर्माण गरेर अथकले बिकासको जगतयार पारेको उनको भनाई छ ।
पाँचवर्ष पहिले राप्तीसोनारीकाजनतालाई बिरामीभए अस्पताल पु¥याउननसकेर घरमै मृत्यु हुनेहो की?भन्ने चिन्ताथियो । तर अथकको कार्यकालमासडक सञ्जालसँगै प्रारम्भिक चरणको अस्पताल गाँउमै बनेपछि आधा घन्टा भित्र अस्पताल पुग्न सकिने अवस्था सृजनाभएको उनको भनाई छ ।
अथक साँसद र मन्त्रिभई सकेपछि हुलाकी सडकको काम सम्पन्नभएको छ । राप्ती सोनारीको मेहमानपुर देखीअगैया जोड्न सडक निर्माण गरिएको छ । नरैनापुरलाई महेन्द्र राजमार्गसँग जोड्न नरैनापुर देखि अगैयासम्मट्रयाक खोलिएको छ । अगैया देखि मध्यभागको गाँउहरु जोड्दै राँझाबिमानस्थल देखिबर्दियाको बढैयातालहुँदै राजपुरसम्मपुग्ने सडक निर्माण सुरु भएको छ ।
नरैनापुर १ मोलेहे यादवले आफुहरुले पहिलो पटक बिकासको चाहनाभएको नेतापाएको बताउछन । अथकले दुर्गम नरैनापुरलाई सुगम नरैनापुरमा परिणत गरिदिएको उनि बताउँछ । उनले बिगतमा समेत उक्तनिर्वाचन क्षेत्रले साँसद र मन्त्रीपाएपनिअथकनिर्वाचित भएपछि मात्र नरैनापुरको मुहार फेरीएको बताए ।
पोल गाडेको ३० वर्ष पछि अथककै पहलमागाँउमाबिद्युुत पुग्दाआफुहरु दङ्ग भएको उनको भनाई छ । विद्युतपुगेसँगै नरैनापुरमा कृषिउत्पादन बढ्नुका साथै सानातथाघरेलु उद्योगहरु समेत स्थापनाहुने क्रम बढेको उनी बताउँछन । “विद्युतनहुँदागाँउमा सामान्यउद्योग खोल्न पनिगाह्रो थियो”उनले भने “विद्युतको सहजपहुँचभएदेखीगाँउमै उद्योग कलकारखानाखोल्ने क्रम बढ्दै गएको छ ।”
विद्युतको उपलब्धताले धारामामोटर जडान गरेर तरकारी खेतीगर्न सहजभएको उनको अनुभव छ । सरकारले यस क्षेत्रका कृषकहरुकालागि डिप बोरिङको ब्यवस्था गरीदिएबाह्रै महिना कृषिउत्पादनगर्न सकिने यादव बताउँछन ।
माननियअथकले सुख्खा क्षेत्रकालागीदर्जनौ डिप बोरीङ गाड्ने योजनाहरु आगाडी सारेको बताउँदै यादवले पुर्बी नरहको कामपनिअथककै योजनामा अगाडी बढेको बताए ।
नरैनापुर ६ माउच्चशिक्षाअध्ययनगर्दै आएका स्थानियरामशंकरधोबिले अथक साँसद भएपछि आफुहरुले रहर लाग्दाबिद्यालयभवन र प्राबिधीकधारको शिक्षाअध्ययनगर्न पाएको बताउँछन । उनले भने “यस क्षेत्रका जिर्ण बिद्यालयभवनलाई अथकले पक्किभवनमा परिणत गरीदिनुभएको छ ।” अथकले शिक्षा क्षेत्र परिर्वतकालगी ठुलो जगबसालेकोउनको भनाई छ । उनले यस क्षेत्रकालागीअथकनिर्बिकल्पउम्मेदवार भएको बताए । पहिलो कार्यकालमा ठुला र दिर्घकालीनमहत्वका योजना अगाडी सारेकाअथकको आगमीकार्यकालमा यस क्षेत्रले मुहार फेर्नेमाआफु विश्वस्त रहेको उनले बताए ।
अथककै पहलमाबाँके क्षेत्रनं. १ मा टिनको छानो रहितबिद्यालयबनाउने अभियान द्रुत गतिमा अगाडी बढेको छ । अथकले पुर्वाधारबिकास कार्यक्रमको अधिकाशं बजेट शिक्षा क्षेत्रमालगानी गरेका छन । कोहलपुर क्षेत्र नं १ माअथकले झण्डै २ सय बिद्यालयको पक्किकक्षाकोठा निर्माण गराएका छन । जसबाट त्यस क्षेत्रका झण्डैं ८ हजार बालबालिकाले गुणस्तरीय शिक्षाप्राप्तगर्दै आएका छन । उनको पहलमा यस क्षेत्रका ४ विद्यालयमाप्राबिधीकधारको पढाईको सुरु भएको छ । नरैनापुरको जय किसानमाबि, कोहलपुरकोलक्ष्मिमाबि रकोहलपुरको ज्ञान ज्योतीमावीमाअहिलेप्राबिधीकधारकाकक्षाहरु संचालनभईरहेका छन ।
खेलकुदमन्त्रीभईसकेपछि अथकले कोहलपुरमाक्रिकेट एकेडमीनिर्माण गर्ने पहिलो निर्णय गरेकाथिए। कोहलपुर ११ मानिर्माण गर्ने भनिएको अन्तराष्ट्रिय क्रिकेट रंगशालासँगै क्रिकेट एकेडमिको काम अगाडी बढेको छ । डिपिआर सम्पन्नभएको छ भने जग्गाको भोगाधिकारको काम सम्पन्नभएसँगैै निर्माण प्रक्रियासुरु हुने मन्त्रालयले जनाएको छ । उनकै पहलमाकोहलपुर २ मा कवर्डहल र फुटबल एकेडेमीनिर्माणको प्रक्रिया सुरु भएको छभने कोहलपुरमाआधुनिक सिटीहल निर्माण गर्ने अथकको योजनाछ ।
नेपालगंज रंगशालाको क्षमताबिकास, सेन्थेटीक ट्रयाक निर्माण, फल्डलाईट जडान गर्ने योजना समेत टेण्डरप्रक्रियामा छ ।कोहलपुरलाई ट्रन्जीट आधुनिकशहर, राप्ती सोनारी र नरैनापुरलाई कृर्षि र पर्यटनको हवको रुपमाबिकास गर्ने उनको सोच छ ।
बिकास पहुँुचकाआधारमानभई आवश्यकताकाआधारमाहुनुपर्दछ भन्ने मान्यताबोकेकाअथक साँसदभईसके पश्चात हरेक महिनाआप्mनो निर्वाचन क्षेत्रकाजनतासँग भेटघाट गर्न आउनले नियम नै बनाएकाथिए ।महिनामा २ पटक अनिर्वाय आफ्नो निर्वाचन क्षेत्रमापुग्ने उनि सरल स्वभावका नेताहुन ।
स्थानिय स्तरका ठुला तथा साना र सार्वजनिकमहत्वकाबिषयमा संसदलाई सधैं ध्यानाकर्षण गराउने अथकले आफ्नो पाँचवर्षिय कार्यकालमासार्वजनिकमहत्वको विषयमा ३७ पटक संसदमाकुरा उठाएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here