धर्म नै सस्कार तथा सस्कृतिको एउटा मार्गदर्शन हो भन्दै विगत लामो समय देखि नेपाल शिवसेनाको नामको संगठनले बाँके क्षेत्रका जनतालाई निस्वार्थ भावनाले आफ्ना मागहरु सहितको सेवाहरु दिदै आएको नेपाल शिवसेनाका बाँके अध्यक्ष सुभम गुप्ताले बताएका छन । बाँकेमा विगत २०५२ देखि निरन्तर रुपमा धार्मिक संगठनका रुपमाले सेवा दिदै आएको हुदाँ यहाँ मात्र धर्मको विषयमा कुरा हुने अध्यक्ष गुप्ताले बताए । अध्यक्ष गुप्ताले डुडुवा गाउँलिका वडा नं.२ बेतहानी चोकमा हिन्दु धर्मालम्बीहरुको विचमा अभिव्यक्ति दिदै भने,“२०५२ देखि यस क्षेत्रका जनताको सेवामा तत्पर रहेका छौ,विशुद्ध हिन्दु संगठनका रुपमा रहेको यो संगठनका विषयमा कसैले पनि टिकाटिप्पणी नगर्दा हुन्छ ।” हिन्दुवादी नेताका रुपमा विगत लामो समय देखि शिव सेनाको संगठनमा आवद्ध रहेका नेपाली कांग्रेसका क्रियाशिल सदस्य दिवाकर शर्मा खनाललाई आफुहरुले एउटा हिन्दुहरुको विकल्पको रुपमा अगाडि सारेको बताउँदै अध्यक्ष गुप्ताले सम्पुर्ण सनतनीहरुले बाँके प्रतिनिधि सभा सदस्य क्षेत्र नं.२ का दिवाकर शर्मा खनालको अर्ना चुनाव चिन्ह र प्रदेश “क” बाट जेव्रा चुनाव चिन्ह सहित उम्मेदवार रहेका स्वतन्त्र शिवसेना समर्थित राजकुमार रौनियारलाई मत दिनका लागि अनुरोध समेत गरेका छन । अध्यक्ष गुप्ताले भने,“यो हाम्रो अनुरोध हो,हामी सधै तपाईहरुको साथमा रहने छौ,हाम्रा नेतालाई जिताए पनि नजिताए पनि” । अध्यक्ष गुप्ताले आफुहरु राजनिति गर्नका लागि यो अभियानमा नआएको बताउँदै भने,“हामी राजनिति गर्नका लागि यो अभियानमा आएका होइनौ,हामी देशको आवश्यकतालाई ध्यान राखेर हो,” बाँकेले क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यका लागि हिन्दुवादी नेता खनाल र क्षेत्र नं। २ ९ख० बाट प्रदेश सभा सदस्यमा रौनियारलाई मैदानमा उतारेको हो । उनीहरु दुवै जना उम्मेदवार हिन्दुत्वको एजेण्डा बोकेर स्वतन्त्र रुपमा लडाई लडिरहेका छन ।
