spot_img
Sunday, March 26, 2023
Homeब्यानरयो क्षेत्रको विकास, समृद्धि र भाइचारका लागि जीवनभरि लडिरहनेछु ः इश्तियाक राई

यो क्षेत्रको विकास, समृद्धि र भाइचारका लागि जीवनभरि लडिरहनेछु ः इश्तियाक राई

spot_img

जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यो क्षेत्रको विकासका मुद्दामा आफू जुनसुकै समयमा, जोसुकैसँग बहस गर्न तयार रहेको बताएका छन्।
आइतबार नेपालगन्जको त्रिभुवन चोकमा भएको एउटा खुल्ला ‘प्रश्नोत्तर’ कार्यक्रममा उनले यो चुनावलाई केहीले आफ्ना धार्मिक अजेन्डा स्थापित गर्ने अवसरका रूपमा लिएको पनि बताए।
नेपालगन्ज जेसीजले आयोजना गरेको सडक बहस कार्यक्रम ‘ककस’मा बोल्दै उनले भने ‘आउनुहोस्, कसले विकास गरेको छ र कसले भ्रष्टाचार गरेको छ यही चोकमा बहस गरौं। तपाईं सजिलो लाग्ने जुनसुकै चोकमा बहस गरौं। काम गरेका प्रमाणहरू छन्। फेरि पनि गर्नसक्छु भन्ने आधारहरू छन्।’
उनले नेपालगन्ज र यो निर्वाचन क्षेत्रको विकास, समृद्धि अनि सामाजिक सद्भाव र आपसी भाइचारबाहेक आफूले अरू कुनै पनि स्वार्थ नराखेको भन्दै यहाँको समग्र विकासका लागि आफू संसद भए पनि नभए पनि लागिरहने प्रण पनि गरे।
‘पटक पटक मौका र अवसर पाएका हामीहरूले के गर्‍यौ र गर्न सक्यौंरु भनेर प्रश्न सोध्नुहोस् जहिले पनि म जवाफ दिन तयार छु। त्यो हिम्मत मसँग सधैं रहनेछ। किनकि मैले जनतालाई झुटा आश्वासन र सपना बाँड्दै हिँडेको छैन’ उनले भने ‘हामीले अझै गर्न सक्छौं। यहाँको समग्र विकासका लागि हामीले तपाईंहरू सबैलाई भावी योजनाहरू पनि लेखेरै दिएका छौं। पाँच वर्षपछि त्यसमा टिक लगाएर सोध्नुस् यो(यो काम किन भएन भनेर१’
उनले यो क्षेत्रमा स्तरीय र जीवनोपयोगी सिपमुलक शिक्षा, आधुनिक प्रविधिको स्वास्थ्य, उत्कृष्ट सामाजिक सुरक्षा र युवा तथा रोजगारी लगायत भौतिक विकास निर्माण अनि पर्यापर्यटनलाई महत्वमा राखेर योजनाहरू बनाइरहेको भन्दै त्यसलाई सफल पार्नका लागि जसपाका उम्मेदवारहरूलाई मतदान गर्न पनि अपिल गरे।
यहाँको समग्र विकासका दृष्टिकोणहरूलाई समेटिएको ‘१० दृष्टि’ केही दिनअघि मात्रै उम्मेदवार राईले आफ्ना चुनावी प्रतिवद्धताका रूपमा सार्वजनिक गरेका थिए।
‘मैले भनेका यो योजनाका कामहरू प्रतिवद्धतामात्रै होइन। यी मेरा अठोटका लिखत पनि हुन्। यसलाई सुरक्षित राख्नुहोला। मैले मेरा अठोट पूरा गर्न सकिनँ भने फेरि भोट माग्न आउँदा प्रश्न गर्नुहोला’ उनले भने।
उम्मेदवार राईले ज(जसले धार्मिक र साम्प्रदायिक नारा लगाए पनि आफ्नो जीवन रहँदासम्म यहाँको सामाजिक(धार्मिक सद्भाव र भाइचार खलबलिन नदिने प्रतिज्ञा पनि गरे।
‘तपाईंहरू ढुक्क हुनुहोस्। म यहाँको विकास र समृद्धिका लागि लडिरहेको छु। जजसले जे जे भने पनि यहाँको धार्मिक र सामाजिक सद्भाव बिग्रिन दिनेछैन। म विकास, समृद्धि र भाइचाराको लागि चुनाव लडिरहेको छु। त्यसका लागि जहिले पनि जहाँबाट भए पनि लडिरहनेछु’ उनले भने।
यो खुल्ला बहसमा राप्रपा र एमालेका साझा उम्मेदवार धवलसमशेर राणा भने उपस्थित भएनन्। बहसमा सहभागी भएका जसपाका मोहम्मद इश्तियाक राई, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विनोद अग्रहरि र स्वतन्त्र उम्मेदवार दीवाकर खनाललाई बहस सुन्न आएका सहभागीले प्रश्नहरू पनि सोधेका थिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here