मंसिर ४ को निर्वाचन नजिक हुदै जादाँ बाँके क्षेत्र नं.१(ख) लुम्बिनी प्रदेश सभा सदस्य पदका उम्मेदवार फुलाराम थारुले ढकेरी क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने बताएका छन । ढकेरीमा विषेश प्रकारको योजना सहित यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दे यस क्षेत्रमा वर्षौ देखि हुदै आएको समस्यालाई समाधानका लागि सम्बोधन गरीने उम्मेदवार थारुले बताए ।वाम लोकतान्त्रिक गठनबन्धनको विकल्पको बारेमा नसोच्न आग्रह गद्र्रै थारुले भने,“हामीले यहाँको समस्या भोग्दै आएको हो,आफु नमरी स्वर्ग देखिदैन भने जस्तै भएको हुदाँ मैले उम्मेदवारी दिएको हु ,अतः गठबन्धनका उम्मेदवारलाई मतदान गरि दिनु होला ।” कार्यक्रम राप्तीसोनारी गाउँपालिका वडा नं। ९ का निर्वाचन परिचालन समितीका संयोजक दल बहादुर खड्काले वडा भित्र रहेका समस्याहरु प्रस्तुत गरेका थिए । चुनावी सभामा पन्चैबाजा सहित बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई स्वागत गरीएको थियो । कार्यक्रममा समानुपातिक उम्मेदवार पवित्रा रोकाय, बिष्णु चौधरी लगाएत नेता कार्यकर्ता तथा स्थानीयवासीको सहभागीता रहेको थिए ।
00