spot_img
Saturday, June 3, 2023
Homeब्यानरएमाले–राप्रपा उम्मेदवारप्रति जनलहर बढ्दै

एमाले–राप्रपा उम्मेदवारप्रति जनलहर बढ्दै

spot_img

बाँके क्षेत्र नं.२ को ग्रामिण वस्तीमा नेकपा एमाले–राप्रपा तालमेलका उम्मेदवारप्रति जनलहर बढ्दै गएको पाइएको छ । बाँके क्षेत्र नं.२ क प्रदेश क्षेत्रमा रहेका नेपालगंज उपमहानगरपालिकाका मनिकापुर,कारकाँदो,बसुदेवपुर ,उदयपुर र डुडुवा गाउँपालिकाका छ वटै वडामा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार डा. धवल सम्शेर राणा र प्रदेश सभा सदस्य उम्मेदवार विजय बहादुर यादवको पक्षमा जनलहर देखिएको सम्बन्धीत पक्षले दावी गरेको छ ।नेकपा एमाले र राप्रपाको संयुक्त चुनावी सभामा जनताको उपस्थिति ठुलो सख्यामा भएको अवस्थालाई चित्रण गर्दै यस्तो दावी गरीएको हो ।आमसभाको सम्बोधन मार्फत नेकपा एमाले र राप्रपाका सयुक्त उम्मेदवार डा.धवल सम्शेर राणाले बाँके क्षेत्र नं.२ को विकास र समृद्धिका लागि आफुहरुलाई मतदान गर्न आग्रह समेत गरेको थिए । उम्मेदवार डा.राणाले चुनावको बेला झुटो आश्वासन बाँड्ने र भोट किन्ने उम्मेदवारको पछि लाग्नु भनेको आफ्नो भविष्यलाई अध्यारो तर्फ धकेल्नु भएको हुदाँ यस तर्फ नलाग्न आममतदाताहरुलाई आग्रह गरेको छन ।प्रदेशसभा सदस्य उम्मेदवार विजय बहादुर यादवले बाँके क्षेत्र नं.२ को समग्र विकास र समृद्धिका लागि एमाले–राप्रपा तालमेलको उम्मेदवारलाई जिताउन अनुरोध गरेको छन ।कार्यक्रममा एमाले केन्द्रिय सदस्य दिपा शर्माले बाँके क्षेत्र नं.२ मा एमाले–राप्रपा तालमेलको उम्मेदवारको जित सुनिश्चित भएको हुदाँ आफ्नो अमुल्य मत यताउता खेर फाल्न नहुनु मतदाता सामु राखेकी थिइन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here