spot_img
Friday, September 29, 2023
Homeब्यानरनेपालगन्ज ४ मा हमालको घरदैलो, वडाबासीका माग पुरा गर्ने प्रतिवद्धता

नेपालगन्ज ४ मा हमालको घरदैलो, वडाबासीका माग पुरा गर्ने प्रतिवद्धता

spot_img

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का स्थानीयले प्रदेश सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र हमाललाई जिताउने प्रतिक्रिया दिएका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा बाँके, प्रदेश सभा २ (२) का उम्मेदवार हमाललाई पुनः प्रदेश सांसदको जिम्मेवारीमा पुर्याउनुपर्ने बताए ।
पार्टी मात्र नभएर समग्र नेपालगन्जबासीका लागि कटिबद्ध उम्मेदवार हमाल सबैलाई मिलाएर लैजाने व्यक्ति हुन् । ‘उहाँले संसद र मन्त्री हुँदा नेपालगन्जको विकासका लागि थुप्रै काम गर्नु भएको छ, नेपालगन्जको समृद्धि र विकासका लागि फेरी पनि उहाँलाई जिताउनुको विकल्प छैन,’ स्थानीय भन्छन् ।नेपालगन्ज ४ मा हमालसहित कांग्रेसका उम्मेदवार जिताउन प्रत्येक दिन वडाका कृयाशिल सदस्य र अग्रज बसेर छलफल गर्ने, आफै पनि घर–घरमा गएर रुख चिन्हमा मतदान गर्न अनुरोध गरिरहेको वडासभापति ज्ञानेन्द्रसिंह सिजापतिले बताए ।
‘नेपालगन्ज ४ मा शुद्ध पिउने पानीको आवश्यक छ, ब्यवस्थित सडक निर्माण गर्ने नेपालगन्ज उपमहानगरपालिकालाई महानगर बनाउन पनि हमालमार्फत पहल गराउने र नेपालगन्जलाई नमुना सिटीको रुपमा विकास गर्ने अपेक्षा गरेका छौं,’ उनले भने । सो क्रममा उम्मेदवार हमालले स्थानीयबासीबाट सकारात्मक प्रतिक्रिया पाएपछि हर्षित हुदै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता जनाए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here