नव गठित राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँके शाखाकी उपाध्यक्ष अन्जना पाण्डेले राष्ट्रिय मान अधिकार मञ्च नेपाल बाँके शाखा आवश्यकतामा स्थापना भएको मञ्च भएको बताईकी छिन । उपाध्यक्ष पाण्डेले उपस्थित अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा मानव अधिकारको विषयमा सबै तिरबाट आवश्यकता भएको बताईन । शहर केन्द्रित भन्दा पनि ग्रामिण क्षेत्रमा उल्लेख्य संख्यामा मानवअधिकार उलङघनका घटनाहरु सुसुप्त आवस्थामा रहेको हुदाँ त्यस्ता घटनाहरुलाई बाहिर ल्याएर मानवअधिकार संरक्षणमा लाग्नु पर्ने बर्तमान आवश्यकता भएको उपाध्यक्ष पाण्डेले बताईन ।उपाध्यक्ष पाण्डेले भनिन,“अहिले मानव अधिकार संरक्षणका लागि स्थापना भएका संस्थाहरु शहरी केन्द्रित हुदाँ ग्रामिण क्षेत्रमा मानवअधिकार विरुद्धको क्रियाकलाप हुदै गएको छ,त्यसलाई न्युनिकरण गर्नु पर्छ ” । ग्रामिण क्षेत्रमा स्वास्थ्य,शिक्षा लगायतका विषयमा मानवअधिकारको प्रत्याभुति दिन सके मानव अधिकार मञ्च नेपालको स्थापनाको औचित्य रहने उपाध्यक्ष पाण्डेले बताईन ।
शनिबार नै राष्ट्रिय मानवअधिकार मञ्च नेपाल बाँकेमा नयाँ कार्यसमिति गठन गरीएको सगै सपथ ग्रहण समेत सम्पन्न भएको छ । राम बहादुर मल्लको अध्यक्षतामा नव गठित कार्यसमितिको उपाध्यक्षमा अन्जना पाण्डे,सचिवमा एकरजा शर्मा,सहसचिवमा राजन कँडेल,कोषाध्यक्षमा शिवध्वज शाही रहेका छन ।यसैगरी सदस्यमा धर्मराज सुनार,विरेन्द्र कुमार यादव,पतिराम थारु,सुनिता कुमारी,डा.शिशिर रेग्मी,नन्दा घिमिरे,मान बहादुर शाही,डा.राजेश के.सी.,डिल्ली शाही,भगवती पोखरेल,बाल कुमार शर्मा,किशोर भण्डारी र गोकर्ण बहादुर शाही रहेका छन ।
कार्यक्रममा नेपाल मानव अधिकार मञ्च नेपालका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद घिमिरे,नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल,राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय प्रमुख द्धारीका अधिकारी,राष्ट्रिय मानव अधिकार मञ्च नेपाल केन्द्रिय सचिव के.वि.बस्नेत,नेपाल मानवअधिकार मञ्च नेपाल ,बाँके संयोजक जी.वी.घिमिरे,नेपाल वार एसोसिसन बाँकेका जनक शाही,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारी,जिल्ला राष्ट्रिय अनुसन्धानका नगेन्द्र गिरी,नेपाल सास्कृतिक संघ केन्द्रिय सदस्य जिनु हक जेहेरुल लगायतको उपस्थिति रहेको थियो ।
00
00