spot_img
Sunday, February 5, 2023
Homeब्यानर‘हमाल कांग्रेस मात्र होइन सबैका साझा उम्मेदवार हुन’ : मतदाता

‘हमाल कांग्रेस मात्र होइन सबैका साझा उम्मेदवार हुन’ : मतदाता

spot_img


नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का स्थानीयले प्रदेश सभा सदस्य पदका उम्मेदवार सुरेन्द्रबहादुर हमाल नेपाली कांग्रेसको मात्र नभएर सबैका साझा उम्मेदवार भएको बताएका छन् । हमाललाई कांग्रेसको उम्मेदवार भन्नुभन्दा पनि हाम्रा उम्मेदवार भनेर भोट दिनुपर्ने उनीहरुको भनाई छ ।

वडा नम्बर ११ मा मतदाता भेटघाट गर्न पुगेका हमाललाई जितको शुभकामना दिदैं आफ्नो भोट हमाललाई भएको बताए । कम बोल्ने र धेरै सुन्ने काम गर्ने उम्मेदवारका रुपमा चिनिने हमालका समर्थक यो वडामा धेरै भएको वडा नम्बर ११ कि वडा सभापति रिचा द्धुवेदीले बताईन् । पछिल्लो समयमा नेता कार्यकर्ता लगायत क्रियाशिल सदस्यहरु पनि तात्तिएपछि हमालको पक्षमा नै माहोल बलियो बन्दै गएको उनले सुनाईन् ।

‘हाम्रो वडामा त्यसरी आत्तिनुपर्ने अवस्था छैन, उम्मेदवार सँगै घरदैलो गर्ने र भोलीबाट वडाका क्रियाशिल सदस्य तथा स्थानीयहरु आफै घर–घरमा जाने र रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छौं,’ द्धुवेदीले भनिन् । उम्मेदवार हमालले नेपालगन्ज वडा नम्बर ११ मा घरदैलो गर्ने क्रममा जनताको माग अनुसार काम गर्ने प्रतिवद्धता जनाए । उनले शुक्रबार बिहान पनि वडा नम्बर ५ मा मतदाताका घर–घरमा गएर रुख चिन्हमा मतदान गरी आफुलाई जिताउन आग्रह गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here