spot_img
Friday, September 29, 2023
Homeब्यानरनेपालगंज–१२ मा कांग्रेसको घरदैलो

नेपालगंज–१२ मा कांग्रेसको घरदैलो

spot_img

मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दे नेपाली कांग्रेस बाँके नेपालगंज वडा नं.१२ ले योजना सहितको घरदैलो कार्यक्रम गरेको छ । निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई निर्वाचित गराई जनताका चाहानाहरुलाई पुरा गर्ने उदेश्यले विगत केही दिनबाट घर दैलो कार्यक्रम गर्दे आईरहेको नेपाली कांग्रेस बाँके नेपालगंज वडा नं.१२ का सचिव सुकराम चिडिमारले बताए ।पुर्व प्रधानमन्त्री स्वर्गीय शुशिल कोइरालाको क्षेत्रको रुपमा लिएको बाँकेको क्षेत्र नं.२ मा प्रतिनिधि सभातर्फ गठबन्धनका तर्फबाट सुदिप नरसिंह राणाले उम्मेदवारी दिएका छन भने प्रदेश तर्फको “ख” जुन नेपालगंज लगायतको स्थानहरु पर्ने गर्दछ त्यसमा पुर्व मन्त्री सुरेन्द्र बहादुर हमालले उम्मेदवारी दिएका छन । प्रतिनिधि सभाका उम्मेदवार राणा र हमाल आफ्ना मतदाताहरुका सामु गुनासो सुन्ने तथा भएका गरेका कामका बारेमा आफ्ना कुराहरु सुनाउने गरेको छन ।यसैगरी क्षेत्र नं.२ “क”मा राजकुमार बर्माको प्रदेश तर्फ उम्मेदवारी रहेको छ । अन्य क्षेत्रमा गठबन्धन हुदै गर्दा नेपाली कांग्रेसका नेता तथा कार्याकर्ताले अन्य राजनिति पार्टिको चुनाव चिन्हमा मत हाल्नु पर्ने परिस्थिति हुदै गर्दा बाँकेको क्षेत्र नं. २ मा भने नेपाली कांग्रेसका नेता तथा कार्याकर्ताहरुले आफ्नो चुनाव चिन्ह रुखमा नै मतदान गर्न पाउने भएका छन ।यसरी वडा नं.१२को घरदैलोमा पुग्दै गर्दा स्थानियहरुमा निकै उत्साह देखिएको वडा नं.१२का नेपाली कांग्रेस वडा सभापति रामु चिडिमारले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here