spot_img
Wednesday, February 1, 2023
Homeब्यानरकोहलपुर नगरपालिकाद्वारा नगर प्रहरीलाई गस्तीका लागि साइकल वितरण

कोहलपुर नगरपालिकाद्वारा नगर प्रहरीलाई गस्तीका लागि साइकल वितरण

spot_img

बाँकेको कोहलपुर नगरपालिकाले नगर प्रहरीलाई बजार व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले साइकल वितरण गरेको छ ।विहिबार एक कार्यक्रमका बीच नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले नगर प्रहरीलाई पाँचवटा साइकल हस्तान्तरण गरेका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिए । साइकल हस्तान्तरण गर्दै नगर प्रमुख आचार्यले नगरपालिकाको बजार व्यवस्थापनमा नगर प्रहरीलाई गस्ती गर्न सहज हुने बताए । उनले बजार व्यस्थापनमा आफ्नो भूमिका थप प्रभावकारी गराउन नगर प्रहरीलाई निर्देशन पनि दिए। यस्तै नगर उपप्रमुख संगिता सुवेदीले साधन अभावमा नगर प्रहरीलाई गस्ती गर्न गाह्रो भैरहेको बेला अब सहज हुने बताईन। कोहलपुर नगरपालिकाले हेल्मेट सहितको साइकल नगर प्रहरीलाई दिएको हो । एउटा साइकलको मूल्य १२ हजार रहेको पनि प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिए । नगर प्रहरीसंँग अहिले २ वटा मोटरसाइकल छ्न । एउटा चार पांग्रे गाडी खरिदको तयारीमा नगरपालिका रहेको पनि ढकालले बताए । नगर प्रहरीले नेपाल प्रहरी र ट्राफिक प्रहसँगको समन्वय र सहकार्यमा नगरको बजार व्यवस्थापन, ट्राफिक व्यवस्थापन र पेट्रोलिङ गर्दै आएको नगर प्रमुख वीरबहादुर थापाले जानकारी दिए। साइकल प्राप्त भएपछि गस्ती गर्न सहज हुने पनि उहाँको भनाइ छ । नगर प्रहरीले पाँचजनाको टीम बनाएर रातीको समयमा पनि गस्ती गर्ने गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here