spot_img
Sunday, May 28, 2023
Homeब्यानरबाँके क्षेत्र नम्बर २ मा चुनावी प्रचार ‘उत्साहजनक

बाँके क्षेत्र नम्बर २ मा चुनावी प्रचार ‘उत्साहजनक

spot_img

बाँके क्षेत्र नम्बर २ मा नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनको चुनावी प्रचार–प्रसार उत्साहजनक देखिएको छ । नेपाली कांग्रेससहित गठबन्धनको तर्फबाट क्षेत्र नम्बर २ मा सुदिप नरसिंह राणा मैदानमा छन् । उम्मेदवार राणाले हरेक दिन चुनावी प्रचार प्रसार उत्साहजनक बन्दै गएको बताए ।
कांग्रेसका नेता कार्यकर्तासहित राणाले बिहीबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ मा पुगेर घरदैलो गरेका छन् । वडा नम्बर २२ पुरैनी राणाले भने, ‘आजको प्रचार पनि उत्साहजनक रहेको छ, हामी धेरै नै उत्साहित भएका छौं ।’ उनीसँगै चुनावी प्रचारमा रहेका नेपाली कांग्रेसका प्रदेश सभा २ (१) का उम्मेदवार राजकुमार बर्मा र प्रदेश सभा २ (२) का उम्मेदवार सुरेन्द्र हमाल पनि उत्साहित देखिएका छन् ।
चुनावी प्रचारका क्रममा कांग्रेससहित गठबन्धनका उम्मेदवारको साथमा नेता÷कार्यकर्ताको सक्रिय सहभागिता रहेको छ । बिहीबार पनि चुनावी प्रचारका क्रममा निस्केका प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार राणा सहितका नेता/कार्यकर्ता उत्साहजनक रुपले सहभागी भए । त्यसमाथि जुन–जुन स्थानमा प्रचारका लागि राणा पुगेका छन्, उक्त स्थानका मतदाताले जितका लागि अग्रिम शुभकामना सहित भोट दिने प्रतिबद्धता समेत व्यक्त गर्ने गरेको राणा बताउँछन् ।
यस पटक नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता पनि उत्साहजनक रुपमा चुनावी प्रचारमा लागि परेका छन् । ‘सबैको मनमा उत्साहको कारण भनेको कांग्रेसका उम्मेदवारलाई भोट हाल्न पाउनु हो,’ मतदाता भन्छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here