spot_img
Sunday, February 5, 2023
Homeब्यानरदुई र चार पाङ्ग्रे हिजो सौख थियो भने आज आवश्यकता हुन, ‘वन...

दुई र चार पाङ्ग्रे हिजो सौख थियो भने आज आवश्यकता हुन, ‘वन टाईम पे’ प्रणालीको लागि आवाज उठाउछु : खनाल

spot_img

बाँकेको क्षेत्र नं. २ बाट संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार हिन्दुवादी नेता दिवाकर शर्मा खनालले दुई र चार पाङ्ग्रे सवारी साधन हिजोको दिनमा मन्छेले एउटा सौखको रुपमा प्रयोग गरी रहेको थियो भने आजको दिनमा अत्यावश्यक आवश्यकता रहेको बताएका छन ।

हिन्दुत्वको रक्षा गर्न शिव सेना तर्फबाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार खनालले मोटरसाइकल र चारपाङ्ग्रे सवारी साधनको कर एक पटक मात्र लिने व्यवस्थाको लागि आवाज उठाउने बताएका छन ।

बुधकार नेपालगञ्ज २१ मा आफ्ना सर्मथक सहित घरदैलोमा पुगेका उम्मेदवार खनाले आफ्नो चुनाव चिन्ह अर्नामा मतदान गरेर सांसदमा पुर्याउन सहयोग माग्दै यस्तो बताएका हुन ।

विकसित देश हुन अथवा नेपाल जस्तो विकासन्मुख देश, रिक्सा, मोटर साइकल, अटो जस्ता सवारी साधनहरु मध्यम वर्ग तथा निम्न वर्गका मानिसहरुले आफ्नो सहज रुपमा प्रयोग गरेको पाइन्छ ।

यसरी कृषक तथा मध्यम स्तरका मानिसहरुको सहज साधानको रुपमा प्रयोग हुन आउने रिक्सा, मोटर साइकल तथा अटो जस्ता साधानहरुमा माथि सरकारले वर्षेनी लगाउँदै आएको करलाई ‘वन टाइम पे’ बनाउने आफ्नो लक्ष्य रहेको खनालले बताएका छन ।

अहिले नेपालमा मोटर साइकलमा मात्रै १ सय २५ सिसिलाई २५००, १२६ सिसि देखि २५० सम्मलाई ४५००, २५१ देखि ४०० सिसि सम्मलाई ९५०० र ४०१ सिसि र सो भन्दा माथि लाई २०००० रुपैयाका दरले वार्षिक रिन्यु कर बुझाउने पर्ने स्थिति रहेको छ ।

यसैगरी कृषकहरुले प्रयोगमा ल्याउने ट्रयाक्टर लगायतका साधानहरुमा समेत चर्को मुल्यमा कर बुझाउँदा कृषकहरु मारमा परेको भन्दै स्वतन्त्र उम्मेदवार शर्मा खनालले कृषक तथा मध्यम आय भएकाहरुबाट यस्तो कर उठाउनु भन्दा पनि सरकारले सहुलियत दिनु पर्ने बताए ।

आर्ना चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका खनालले भने, “एक त कृषक तथा मध्यम आय भएकाले आफ्नो बचतबाट मोटर साइकल लगायतका साधानहरु आवश्यक परेर लाखौं रकम खर्च गरेर किन्छन, त्यस माथि वर्षैपिछे सरकारलाई कर बुझाउँदा निकै समस्या परेको मलाई थाहा छ ।”

स्वतन्त्र उम्मेदवार खनालले थप स्पष्टमा भने, “मैले मोटर साइकल लगायतका साधनहरु एक पटक सरकारलाई कर तिरे पछि वर्षोै पटक तिर्नु पर्ने झन्झटलाई समाप्त पार्छु ।”

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here