बाँकेको गुरुवागाउँमा लागेको तीन दिवसीय कार्तिक शुक्ल पूर्णिमा मेलामा पिङ खेल्ने क्रममा खसेर एक महिलाको मृत्यु भएको छ ।
जानकी गाउँपालिका वडा नम्बर ६ की ६४ बर्षिया गौरी बुढाको बुधबार पिङ खेल्ने क्रममा खसेर मृत्यु भएको हो ।
पिङ खेल्ने क्रममा खसेर गम्भीर घाइते बुढालाई उपचारका लागि नेपालगन्जस्थित वेस्टर्न हास्पिटल ल्याइएको थियो । उपचारको क्रममा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
00