spot_img
Tuesday, March 28, 2023
Homeब्यानरसिँक्टाको नहर खजुरा क्षेत्रमा पुर्याउने कुर्मीको प्रतिवद्धता

सिँक्टाको नहर खजुरा क्षेत्रमा पुर्याउने कुर्मीको प्रतिवद्धता

spot_img

लुम्बिनी प्रदेश सभा सदस्य पदका उम्मेदवार बादशाह कुर्मीले परसपुर–गौघाट सडकका कारण जनताले पाईरहेको दुःख अब छिटै समाधान गर्ने बताएका छन् । बाँके र बर्दियाका जनतालाई नेपालगन्जसँग जोड्ने सडकको स्तरउन्नतीमा ढिलाई भएका कारण थुप्रै जनताले सास्ती भोग्नु परेको बाँके क्षेत्र नम्बर ३९२० बाट उम्मेदवारी दिएका कुर्मीले बताए ।
खजुराले स्थानीय, प्रदेश, संघ र केन्द्रमा सरकार हुँदा समेत त्यो बढाउन नसक्नु दुर्भाग्यपुर्ण अवस्था रहेको उनको भनाई छ ।“‘म गाविस अध्यक्ष भएको बेला चार वटा गाविसले मिलेर त्यो बाटो सुरुवात गरेको थियौं, दुर्भाग्य भनौं तर आजसम्म त्यसको स्तर उन्नती हुन सकेको थिएन,” कुर्मीले भने “खजुराको २ नम्बर वडाबाट २ जना प्रदेश र संघीय सासद बन्नु भयो, तर उहाँले घर अगाडी बाटो बनाउन सक्नु भएन भने उहाँहरुले यस क्षेत्रमा कति विकास गर्नु भयो भन्ने जनतालाई थाहा छ ।”
खजुरा गाउँपालिकाका जनतासँग भेटघाट गर्ने क्रममा उम्मेदवार कुर्मीले आफुहरु विजयी भएपछि खजुरा क्षेत्रमा रहेका सम्पुर्ण अपुरा भौतिक पुर्वाधारका काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए । उनले अगाडी भने, “हामी धेरै भाषण गरेर जनतालाई झुक्काउन चाहन्न, जे गर्न सक्छौं त्यो बोल्छौं, आदरणीय स्व। सुशिल कोइराला प्रधानमन्त्री भएको बेला प्रखर अस्पताललाई क्यान्सर अस्पतालमा परिणत गरेर त्यसको विकास गरेका थियौं, तर पछि त्यसमा थप विकास हुन सकिरहेको छैन, यस क्षेत्रका धेरै जनता कृषिमा निर्भर भएपनि सिंचाईको प्रर्याप्त व्यवस्था छैन, हामी जति सक्दो सिक्टा सिंचाईको नहर यस क्षेत्रका जनताको जमिनसम्म ल्याउनेछौं ।”
क्षेत्र नम्बर ३ को विकास आफु सधै इमानदार भएर लागेको संविधान सभा सदस्य समेत रहेका उम्मेदवार कुर्मीले बताए । “यस क्षेत्रबाट म विगतमा पनि चुनाव लडेको थिए, तर हारे, हारेर पनि मैले जनताको सेवा गर्न कहिले पछि परेको छैन, जनताको समस्यालाई समाधान गर्न म सधै लागिरहेको छु । भोलीका दिनमा जनताको सेवामा इमानदार भएर लाग्नेछु ।”
खजुरा क्षेत्रको विकासमा लागि कृषिलाई आधुनिकरण र ग्रामिण उद्योगलाई बृद्धि गर्ने योजना सहित काम गर्ने कुर्मीले प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेसहित पाँच दलिय गठबन्धनका तर्फबाट प्रदेश सभा ३९२०मा उम्मेदवारी दिएका कांग्रेस नेता कुर्मीले आफ्ना प्रतिवद्धता मतदातामाझ दिनहुँ बताइरहेका छन् । एकातिर उनको इमान्दारिता र विश्वास, अर्कोतिर भिजन भएको नेता भएका कारण मतदाताहरु सन्तुष्ट छन् । २०७४ सालको निर्वाचनमा प्रतिनिधी सभा क्षेत्र नम्बर ३ मा उम्मेदवार भएपनि तत्कालिन बाम गठबन्धनका उम्मेदवारसँग झिनो मतले पराजित भएका कुर्मीलाई यसपटक सान्त्वना मत पनि प्राप्त हुने संकेत देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here