spot_img
Friday, September 29, 2023
Homeब्यानरउम्मेदवार हमालको प्रतिवद्धता सुनेर नेपालगन्ज–८ का मतदाता उत्साहित

उम्मेदवार हमालको प्रतिवद्धता सुनेर नेपालगन्ज–८ का मतदाता उत्साहित

spot_img

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का मतदाताले प्रदेश सभा २(२)का उम्मेदवार सुरेन्द्रबहादुर हमाललाई नै मतदान गर्ने बताएका छन् । “हमाल नेपालगन्जको स्थायी बासिन्दा हुन्, जस्ले नेपालगन्जको समस्या प्रत्यक्ष रुपमा बुझेका छन्, तिनलाई भोट नदिए कसलाई दिने ?हामीले नदिए कसले दिन्छ ?’ मतदाता भन्छन् ।
नेपालगन्ज २ निवासी हमाल सबै जात जाती धर्म र सबै वर्गका जनतालाई एउटै नजरले हेर्ने आर्दशवान व्यक्तित्व हुन् । भारत्तोलन खेलका ओलम्पियन हमाल क्यान्सर जस्तो रोग जित्ने ब्यक्ति पनि हुन् ।
नेपालगन्ज वडा नम्बर ८ मा बुधबार घरदैलोका क्रममा हमालले आफ्नो चुनावी प्रतिवद्धता सुनाएका थिए । उनको प्रतिवद्धता सुनेपछि स्थानीय युवाहरु उत्साहित भए । “नेपालगन्ज ८ का वडाबासी सबैको नजरमा हमाल एक सक्षम लिडरको रुपमा परिचित हुनुहुन्छ,” एक युवाले भने, “उहाँ आफै पनि खेलाडी भएकाले नेपालगन्जले यस्तो उम्मेदवार पाउनु गर्वको कुरा हो, नेपालगन्जमा जन्मिदै गरेका खेलाडी र खेल क्षेत्रमा पनि बाँकी विकास गर्नुहुनेछ भन्नेमा हामी युवाहरु ढुक्क छौं ।”
उम्मेदवार हमालले मतदाता समक्ष आफ्ना एजेण्डामा रहेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । ‘मलाई मतदान गरि विजयी गराउनुस्, म यो ठाउँको विकास चाहन्छु, एउटा क्षेत्र मात्रै होईन, म नेपालगन्ज लगायत सिंगो बाँकेको विकास गर्न चाहान्छु,’ हमालले भने । बाँकेमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मतदान गरि विजयी गराउन उनले आग्रह गरे ।

निर्वाचित भएपछि आफ्नो योजना नगर भवनको लागि एउटा विशाल मार्केट बनाउने र त्यो मार्केटले वडा नम्बर ८ को स्वरुप नै बदल्ने हमालले सुनाए ।“यहाँ कोलिया(कोलियामा पसलहरु हुनेछन्, यहाँका दाजुभाई दिदी बहिनीको आर्थिक उन्नती हुन्छ र जीवनस्तर बढ्नेछ, जसका लागि मैले नै प्रदेश सरकारसँग पहल गरेको थिए, त्यसैले हामीलाई मतदान गर्नुभयो भने हामी फेरी पनि यस्ता ठूला योजनाहरु ल्याउने छौं, उनले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here