नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाके क्षेत्र नं.३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार किशोर सिंह राठौरले गठबन्धन वर्तमान आवश्यकता भएको हुदाँ कांग्रेस सबैलाई माफ गर्ने पार्टि भएको टिप्पणी गरेका छन ।प्रजातन्त्रवादी प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज इकाई समितिको आयोजनामा आइतबार सम्पन्न अन्तरक्रिया कार्याक्रमलाई सम्बोधन गर्दे नेता राठौरले सो कुरा बताएका हुन । नेपालीका कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आफुहरुले रुख भन्दा अन्यपार्टिलाई मतदान गर्नका लागि हिचकिचाई रहेको अवस्थामा कसरी अगाडि बढ्ने विषयमा नेता राठौरले नेपाली कांग्रेस माफ गर्ने पार्टि भएको हुदाँ यसमा कुनै शंका नगर्न सबैलाई आग्रह गरे । नेता राठौरले भने,“नेपाली कांग्रेसले राणालाई माफ गर्यो,पँञ्चहरुलाई माफ गर्यो ,राजालाई माफ गर्यो भने अवको गठबन्धनमा सबैलाई माफ गर्दै गठबन्धनका उम्मेदवारलाई भोट हाल्नु पर्छ ” ।बाँके क्षेत्र नं.३ का प्रतिनिधि सभा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका सहमहामन्त्री राठौरले पार्टिलाई जिताउनका लागी लाग्नु पर्ने बताए ।उनले भने,“गठबन्धनले कुनै पनि नेता तथा पार्टिलाई अप्ठारो पार्नु हुदैन,”नेता राठौरले भने,“देशलाई द्धन्द्धबाट बचाउनका लागि संविधानको रक्षाका निम्ति वर्तमान आवस्थामा गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्नु बर्तमान आवश्यकता हो ।”यसैगरी प्रजातान्त्रवादी प्राध्यापक संघका केन्द्रिय अध्यक्ष जगत तिमिल्सेनाले गठबन्धन एउटा आन्दोलन भएको हुदाँ बौद्धिक जगतले बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सहयोग गर्नु पर्ने बताए ।अध्यक्ष तिमिल्सेनाले भने,“विखण्डनवादको विरुद्धमा हामी बुद्धिजीवीहरुले मतदानलाई हतियारको रुपमा मत हाल्नु पर्दछ ।”यसैगरी नेपाली कांगे्रस बाँके सभापति नारायाण प्रसाद गौडेलले बाँके क्षेत्र नं.२ मा गठबन्धनको अवस्थामा बाँके क्षेत्र नंंं.२ मा आफ्नो दलको उम्मेवार पाउनु पनि कार्यकर्ताको भाग्य भएको बताए ।सभापति गौडले भने,“बाँकेमा तिनैवटै क्षेत्रमा कांग्रेस लगायत सत्तारुठ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजय गराउनु पर्छ जसले गर्दा नेपाली कांग्रेस बाँकेको अब्बल पार्टिको रुपमा विकास हुन्छ ।”प्राजातन्त्रवादी प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज इकाई समितिका सभापति प्रकाश लामिछानेको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पसका सभापति राजेन्द्र श्रेष्ठ,पुर्व क्याम्पस प्रमुख गणेश रेग्मी,प्राजातन्त्रवादी प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका पुर्व अध्यक्ष डा.राज केसर खनाल,पुर्व सहायक क्याम्पस प्रमुख अर्जुन प्रसाद पोखरेल लगायत प्राजातन्त्रवादी प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका पदाधिकारी तथा प्राजातन्त्रवादी प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00