spot_img
Thursday, September 28, 2023
Homeब्यानरस्वतन्त्र उम्मेदवार शेषले चुनावी अभियान थप तिब्र बनाउदै

स्वतन्त्र उम्मेदवार शेषले चुनावी अभियान थप तिब्र बनाउदै

spot_img

बाँकेको क्षेत्र नंं.२ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार ईरफान अहमद शेषले चुनावी अभियान शहर र गाँउ क्षेत्र दुवैमा तिब्र बनाएका छन ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन नजिक्दै गर्दा चुनावी अभियानलाई तिब्र पारेका हुन । बाँके जिल्लामै क्षेत्र नं। २ लाई मुख्य रुपमा लिनेगरिएको छ । यस क्षेत्रले समग्र जनताको ध्यान तानेको छ ।
जनमत पार्टीले उम्मेदवार शेषलाई चुनावमा भिड्न टिकट दिन पछाडि हटे पछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । जनमत पार्टीले जसपाबाट केन्द्रिय सदस्यको प्रतिनिधित्व गरेर आएका बाबु खाँलाई टिकट दिएको छ । जस पश्चात जनमत पार्टी माथि टिकट बेचेको आरोप लागेको छ ।
उम्मेदवार शेषले किसान,पिडित रिक्सावाला, बैंक तथा सहकारी पिडित, नागरिकता विधेयक लगायतको आवाज बनेर यति बेला उम्मेदवार शेष सहित उनको टिम गाँउ शहर एक गरेका छन ।
उनले सोमबार नेपालगञ्ज उपमहानगरपालिलका २१, डुडुवा गाँउपालिकाको वडा नं. २ का केही गाँउमा घरदैलो गरेका थिए । त्यस बेला स्वतन्त्र उम्मेदवार शेषले चुनावी माहोल आफ्नो पक्षमा पार्न गाँउमा केन्द्रित भएको हामीलाई बताएका थिए ।क्षेत्र नं.२ को बिकट क्षेत्रमा मलखाद्य, बिउबिजन, कृषि औजारमा पछाडि पर्दै आएका कृषक, पिडित रिक्सावालाहरुको बिषयलाई बुझ्दै जनताको दैलोमा खटिएका छन । उनी आफ्नो चुनाव चिन्ह डोजरलाई जनता बीच चिनाउदै घरदैलोमा खटिएका छन । उनले यी पिडितहरु कै बिषयलाई सदन र सडक दुवैबाट सरकारलाई दबाब दिने बताएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here