spot_img
Wednesday, March 29, 2023
Homeब्यानरयुवाले चाहेको उम्मेदवार सुरेन्द्र हमाल

युवाले चाहेको उम्मेदवार सुरेन्द्र हमाल

spot_img

प्रदेशसभा सदस्य उम्मेदवार सुरेन्द्र बहादुर हमाल अहिलेका युवाले चाहेको उम्मेदवार भएको वडा नम्बर ४ का मतदाताले बताएका छन् ।
उनीहरुले भने–“नेपालगन्ज विकासको लागि हामिले सुरेन्द्र हमाल जस्तो उम्मेदवार चाहेका थियौं, उम्मेदवार पाएका छौं । अब उहाँलाई जिताउने जिम्मा हाम्रो हुन्छ । हामी उहाँलाई जसरी पनि जिताउछौं ।”जनताले रुचाएको सालिन र भद्र स्वभावका हमाल कसैको आँखामा राखेपनी नबिझाउने उम्मेदवार भएकाले हमाललाइ जिताउने आफ्नो दायित्व भएको उनीहरुको भनाइ छ ।कुनै विषयगत नभई समग्र नेपालगन्जको विकास चाहने उम्मेदवार हमाल महिलाहरुको ३३ प्रतिशत नभइ ५१ प्रतिशत सहभागीता हुनुपर्छ भन्ने बिचार बोकेर हिँड्नु भएको छ । त्यसैले पनि सुरेन्द्र हमाललाई नै जिताउने वडा नम्बर–४ का महिलाहरुले प्रतिबद्धता जनाए ।
मंगलबार नेपालगन्जको वडा नम्बर–४ मा घरदैलोका क्रममा वडाबासी मतदाताले हमालका पक्षमा आफ्नो धारणा राखेका हुन् ।मधेसी तथा मुस्लिम समुदायका महिला तथा बालिकालाई बिद्यालय पठाउन प्रेरित गर्ने व्यक्ति उम्मेदवार हुँदा खुशी व्यक्त गर्दै आफ्नो समर्थन हमाललाई हुने र उनलाई बिजयी गराउन मुस्लिम समुदायका अगुवा मतदाताहरुले बताएकाछन् ।त्यसैगरी, महिलाको हकमा बेरोजगार महिलालाई व्यबसायमा सहयोग पुग्ने तालिम प्रदान गर्ने र रोजगारीको सिर्जना गर्ने हमालले प्रतिबद्धता जनाए ।घरदैलो कार्यक्रममा काँग्रेस नेता कार्यकर्ता तथा वडाबासीको सहभाता रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here