spot_img
Thursday, September 28, 2023
Homeब्यानरनेपालगन्ज-५ का मतदाताले भने, ‘कांग्रेस सहित गठबन्धनका उम्मेदवारलाई मतदान गर्छौं’

नेपालगन्ज-५ का मतदाताले भने, ‘कांग्रेस सहित गठबन्धनका उम्मेदवारलाई मतदान गर्छौं’

spot_img


नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का स्थानीय बासिन्दाले नेपाली कांग्रेस सहित गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । मंगलबार अपरान्ह घरदैलोका क्रममा पुगेका बाँके, प्रतिनिधी सभा क्षेत्र नम्बर २ का कांग्रेस सहित गठबन्धनका उम्मेदवार सुदिप नरसिंह राणा र प्रदेश सभा २ (२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल समक्ष स्थानीयले यस क्षेत्रको विकास र समृद्धिका लागि काँग्रेसका उम्मेदवारलाई मतदान गर्नुका विकल्प नरहेको बताए ।

सो क्रममा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार राणाले आफु लगायत काँग्रेसका उम्मेदवारलाई भोट दिई विजयी गराउन आग्रह गरे । वडाबासी सबैले विश्वास गरेर भोट दिए आफुहरुको जित निश्चित रहेको बताए ।
यस्तै बाँके, प्रदेश सभा २(२) सदस्य पदका उम्मेदवार हमालले निर्वाचनको समय नजिकिदै गएकाले अब हात बाँधेर बस्न नहुने बताए । ‘मंसिर ४ को समय दिन प्रतिदिन नजिक नजिक आउँदैछ, अब १२ दिन मात्र बाँकी छ, अब हामी युद्ध स्तरमा निस्किनुपर्छ,’ उनले भने ।
उम्मेदवार हमालले अहिले समय खेर फाल्ने अवस्था नरहेको बताए । मतदाताको घर-घरमा गएर आफ्नो कुरा राख्नुपर्ने अवस्था रहेको उनको भनाई छ । जनताको विश्वासले दिएको भोटको कदर स्वरुप विकास गर्ने उनले प्रतिवद्धता जनाए । नेपालगन्ज ५ मा मंगलबार अपरान्ह आयोजित घरदैलोका क्रममा स्थानीय नेता, कार्यकर्ता तथा वडाबासीको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here