spot_img
Wednesday, June 7, 2023
Homeब्यानरसुकुम्बासीलाई लालपूर्जाको लोभ देखाएर भोट माग्ने अवस्थाको अन्त्य गर्नेछु : इश्तियाक राई

सुकुम्बासीलाई लालपूर्जाको लोभ देखाएर भोट माग्ने अवस्थाको अन्त्य गर्नेछु : इश्तियाक राई

spot_img


जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले अब कसैले पनि ‘चुनावी मुद्दा’ बनाउन नसक्नेगरी सुकुम्बासीका समस्याहरू समाधान हुने बताएका छन्।
आफ्नो चुनावी क्षेत्रका विभिन्न सुकुम्बासी वस्तीहरूमा मतदाता भेट्न पुगेका राईले उनीहरूका समस्या समाधानका लागि नीतिगत तहमै आफूले हस्तक्षेपकारी भूमिका खेल्ने वाचा पनि गरे।
मंगलबार बिहानै उनी नेपालगन्ज वडा नं १८मा पर्ने शान्तिनगरस्थित सुकुम्बासी वस्तीमा पुगेका थिए। करिब १०० जति परिवार बसोबास गर्ने यो वस्तीमा अहिलेसम्म सडक र नालाहरू व्यवस्थित हुन सकेका छैनन्।
हरेकपटक भोट माग्न आउने नेताहरूले आफूहरूलाई आशामात्रै देखाएर भोट लगेको भन्दै उनीहरूले उम्मेदवार राईसँग यसपालि धोका नदिन आग्रह गरेका थिए। वर्षौंदेखि ‘लालपूर्जा’को लोभ देखाएर भोट माग्न नेताहरू वस्ती पुग्छन् र त्यसपछि उनीहरूलाई बिर्सन्छन्। तर अहिलेसम्म सुकुम्बासीका समस्याहरू जस्ताको त्यस्तै छन्।
उम्मेदवार राईले आगामी दिनमा सुकुम्बासीका समस्यालाई आफूले चुनावी मुद्दा हुन नदिनेगरी समाधान गर्न पहल गर्ने बताए
‘अहिलेसम्म धेरै नेताहरूले सुकुम्बासीलाई अनेक सपनाहरू देखाएर भोट मागेका छन्। त्यसैको आशमा सुकुम्बासीहरूले भोट पनि दिन परिरहेको छ’ उनले भने ‘तर अब सुकुम्बासीको नाममा कसैले पनि राजनीति गर्न पाउने छैन र त्यसलाई चुनावी मुद्दा बनाउन पनि पाउनेछैन। मैले चुनाव जितें भने नीतिगत तहमै त्यसका लागि काम गर्नेछु।’
उनले कसैका झुटा आश्वासन र सपनाहरूका पछि नलाग्न र काम गर्नसक्ने सम्भावना बोकेका उम्मेदवारहरूलाई मतदान गर्न पनि अपिल गरे।
‘अब कसैका झुटा कुराहरू नपत्याउनुस्। कसैका झुटा सपनाका पछि नलाग्नुस्। काम गर्नसक्ने मान्छेलाई मत दिनुस्’ उनले भने ‘मैले तपाईंहरूसँग यत्ति वाचा गर्छु कि अब सकैले पनि चुनावी मुद्दा बनाएर, सुकुम्बासीलाई लालपूर्जाको लोभ देखाएर भोट माग्ने अवस्थाको अन्त्य हुनेछ।’
बुधबार प्रतिनिधिसभाका उम्मेदवार राई तथा प्रदेशसभा उम्मेदवार आदेशकुमार अग्रवालसहितको टोलीले क्षेत्र नं २ का विभिन्न ठाउँमा मतदाता भेटघाट तथा कोणसभाहरू गरेका थिए।
ठाउँ ठाउँमा मतदाताहरूलाई सम्बोधन गर्दै राईले कसैलाई पनि भ्रममा नपर्न र विकासका मुद्दा बोकेका उम्मेदवारहरूलाई मत दिन अपिल गरेका थिए।
‘कसले कति काम गरेको छ भनेर यहाँहरू सबैलाई थाहा छ। अझै धेरै गर्न बाँकी छ। तिनै कामहरू गर्नका लागि फेरि तपाईंहरूको साथ जरुरी छ’ उनले भने ‘मैले सकेजति गरेका कामहरूको सूची सबै मतदाताहरूसँग छ। अब गर्ने कामका योजनाहरूको सूची पनि घरघरमै छ। यी दस्तावेजहरू सुरक्षित राख्नुस् र पाँचवर्ष पछि एकएक गरेर मलाई प्रश्न गर्नुस्। जवाफ लिएर म फेरि तपाईंहरूकै दैलोमा आउनेछु।’

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here