spot_img
Saturday, April 1, 2023
Homeब्यानरफोटो खिच्दैमा निर्वाचन जितिदैनः प्रा.प्रा.अध्यक्ष तिमिल्सेना

फोटो खिच्दैमा निर्वाचन जितिदैनः प्रा.प्रा.अध्यक्ष तिमिल्सेना

spot_img

नेपाली कांग्रेस सम्वद्ध प्राजातन्त्रवादी प्राध्यापक संघका केन्द्रिय अध्यक्ष जगत तिमिल्सेनाले उम्मेवदार र नेताको वरिपरि बस्दै फोटो खिच्दैमा निर्वाचनमा विजय हुन नसकिने भन्दै यस विषयमा सबै गम्भिर बन्न अनुरोध गरेको छन ।निर्वाचन आयोगले शिक्षकहरुलाई निर्वाचनमा प्रत्येक्ष सहभागि नहुन भन्ने नियमलाई मध्येनजगर गर्दै अध्यक्ष तिमिल्सेनाले यसो भनेको हुन । बाँकेको नेपालगंजमा आयोजना गरीएको निर्वाचन विषेश बैठकमा प्रा.प्रा का अध्यक्ष तिमिल्सेनाले उक्त कुरा गरेका हुन ।प्राजातान्त्रि प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज इकाई समितिको आयोजनामा गरीएका एक दिने निर्वाचन विषेश गोष्ठीमा अध्यक्ष .तिमिल्सेनाले भने,“उम्मेदवारसँग फोटो खिचाउँदैमा,कुरा गर्दैमा केही हुदैन ,हामीले मतदाता शिक्षा लगायतका विषयमा बताउँनु पर्छ ।”
प्राजातन्त्रवादी प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगज इकाई समितिका सभापति प्रकाश लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा प्राजातान्त्रिक प्राध्यापक संघका केन्द्रिय अध्यक्ष डा.जगत तिमिल्सेना रहेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं.३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार किशोरसिंह राठौर,,नेपाली कांग्रेस जिल्ला सभापति नारायण गौडेल,सचिव गोपाल प्रसाद अधिकारी,बाँके क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुदिप नरसिंह राणा,प्रदेश ख का उम्मेदवार सुरेन्द्र हमाल लगायतले बोलेका थिए भने कार्यक्रमको सहजीकरण ईकाई समितिका सचिव धनीराम थापाले गरेका थिए ।कार्यक्रममा सम्पुर्ण प्राजातान्त्रिक प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here