spot_img
Thursday, September 28, 2023
Homeब्यानरआचार संहिता पालनामा खवरदारी गर्ने प्रतिवद्धता

आचार संहिता पालनामा खवरदारी गर्ने प्रतिवद्धता

spot_img

नागरिक समाजका अगुवाले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचार संहिता पालनासँगै आवश्यक खवरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाँकेस्थित नागरिक समाजको प्रतिनीधीत्व गर्ने पेशागत संघ संगठनका प्रमुख, अधिकारकर्मी, चिकीत्सक, कानून व्यवसायी, सञ्चारकर्मी, यूवा लगायतको सहभागिता रहेको कार्यक्रममा मसीर ४ गते हुने प्रतिनीधि तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण बनाउन आचार संहिता पालना नै प्रमुख दायित्व भएकाले राजनीतिक दल, उम्मेदवार लगायतलाई आचार संहिता कार्यान्वयनका लागि सचेतसँगै दबाब दिइनु पर्नेमा जोड दिइएको छ । संवाद समूह बाँकेद्धारा सोमबार नेपालगञ्जमा आयोजित निर्वाचन आचार संहिता कार्यान्वयनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।
निर्वाचन आचार सहिंता अनुगमन अधिकृत खडानन्द अधिकारीको विशेष उपस्थिती रहेको कार्यक्रममा चुनावी प्रचार प्रसारको नाममा आचारसंहिता विपरित गाडी, व्यानर, झण्डा र स्टीकरको व्यापक प्रयोग गरिएको भन्दै सहभागी अधिकांसले सचेततासँगै खवरदारीमा पनि जोड दिएका थिए ।
निर्वाचन आचार सहिंता अनुगमन अधिकृत खडानन्द अधिकारीले निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन नागरिक समाजको अंह भूमिका रहने भन्दै आवश्यक सूचना दिन र असल नागरिकको जिम्मेवारी वहन गर्न पनि आहवान गरेका छन। आचार संहिता उल्लंघन गर्ने जो सुकै किन नहोस्, सचेत गराउनेदेखि कारवाहीको दायरामा ल्याउने सम्मको कार्य गर्न आफुहरु नडगमगाउने उनले स्पष्ट पारे ।
उच्च अदालत बार एशोसीएशन नेपालगञ्जका अध्यक्ष शिवराज श्रेष्ठले आचार संहिता उल्लंघनका ससाना घटनातर्फ ध्यान दिन आह्वान गर्दै मतदातालाई प्रभावित पार्ने काम कही कतैबाट गर्न नहुनेमा जोड जोड दिए ।
चिकीत्सक संघ भेरीका सचिव डा दिनेश चौधरीले निर्वाचन आचार संहिता पालना गर्नु साझा दायित्व भएकाले सोही अनुसारको समन्वय र सहकार्य हुनु पर्ने आवश्यक्ता औल्याए ।
च्याम्वर अफ कमर्स, नेपालगञ्जका अध्यक्ष सतिश अग्रवालले आचार संहिता उल्लंघनकर्तालाई दिइनु पर्ने सजाय सानो भएकाले पनि अटेरी गरिएको हुन सक्ने भन्दै कारवाहीको दायरा बढाउन पनि सुझाव दिए ।
नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले सामाजिक सञ्जालमा आउने आचार संहिता उल्लंघनका सूचनाले वास्तविक मीडिया मारमा परेको भन्दै आयोगकातर्फबाट आवश्यक नियमन र सहज सूचना प्रवाहको बातावरण मिलाइदिन पनि अनुरोध गरे ।
जिल्ला बार बाँके अध्यक्ष जनक बहादुर शाहीले आचार संहिता पालना गनुपर्नेले नै आचार संहिता उल्लघंन गर्न उदत देखीएको भन्दै पालना भए नभएको नियमन गर्नु पर्नेमा जोड दिए ।
राष्ट्रिय अपाङग महासंघका प्रतिनिधी टेकराज जैसीले अपांगता भएका, असक्त व्यक्तिहरुका लागि सहज मतदान गर्ने व्यवस्था मिलाइनुपर्ने आवश्यक्ता औल्याए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका निवर्तमान उपप्रमुख एवं संवाद सदस्य उमा थापा, नेपाल पे्रस यूनियनका अध्यक्ष अर्जुन ओली, जिल्ला यूवा सञ्जाल उपाध्यक्ष मनमोहन बर्मा, उद्योगी÷व्यवसायी अगुवा ललीत रौनीयार,संचारकर्मि मधु पौडेल , अधिकारकर्मी द्धय प्रकाश उपाध्याय, रविन्द्र कर्ण लगायतले पैंसा खर्च गरेर मतदाता प्रभावित पार्ने कार्य, दलका प्रचार प्रसारमा बालबालिका प्रयोग, सञ्चार माध्यमको हुन सक्ने दुरुपयोग, आचार संहिताको प्रभावकारी अनुगमन तर्फ अनुगमन अधिकृतको ध्यानाकर्षण गराए ।
संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रममा सहभागीले विभिन्न जिज्ञाशा राख्नुका साथै आवश्यक सुझाव समेत दिएका थिए ।
संवाद समूह, बाँकेले निर्वाचन आचारसंहिता पालनाका सन्दर्भमा सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here