spot_img
Wednesday, February 1, 2023
Homeब्यानरहमालको पक्षमा मत माग्दै सडकमा निस्किए समर्थक

हमालको पक्षमा मत माग्दै सडकमा निस्किए समर्थक

spot_img


बाँके, प्रदेश सभा २(२) मा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र हमालको पक्षमा मत माग्न समर्थकहरु सडकमा निस्केका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा आइतबार बिहान घरदैलो गर्न पुगेका हमाललाई साथ दिन नेपाली कांग्रेसका नेता, कार्यकर्ता मात्र होईन, हमालका शुभचिन्तक तथा समर्थकहरु पनि सडकमा निस्केका हुन् ।
आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा हमाललाई जिताउने वडा नम्बर १२ का मतदाताले प्रतिवद्धता ब्यक्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवारलाई आफ्नो साथ र समर्थन सधैं रहने उनीहरुले बताए । सो क्रममा उपस्थित भएका उम्मेदवार हमालले रुख चिन्हमा मतदान गरि आफुलाई निर्वाचित गराउन आग्रह गर्दैै निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रका अधुरा काम पुरा गर्ने प्रतिवद्धता जनाए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित वडा स्तरिय सम्पर्क कार्यालयबाट सुरु भएको घरदैलो वडा नम्बर १२ अन्र्तगत पर्ने विभिन्न टोलमा पुगेर स्थानीयसँग उम्मेदवारले मत मागेका थिए ।
घरदैलोका क्रममा प्रदेश सभाका उम्मेदवार हमाल, कांग्रेस बाँकेका निर्वतमान जिल्ला उपसभापति सुनिल नरसिंह राणा, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, जिल्ला सदस्य अमृतकुमार आचार्य, वडा नम्बर १२ का वडाअध्यक्ष तरुण बज्राचार्य, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुनिलसिंह हमाल लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ता, युवा लगायतको उपस्थिती रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here