बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेससहित गठबन्धनका तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार सुदिप नरसिंह राणाको पक्षमा निर्वाचन माहोल तात्दै गएको छ । दिनहुँ चुनावी प्रचारसँगै उम्मेदवार राणाले मतदातालाई भेटेर आफ्नो एजेण्डा प्रस्तुत गरेका छन् । राणा क्षेत्र नम्बर २ का लागि नयाँ अनुहार हुन् ।
पटक–पटक एउटै ब्यक्तिलाई जिताउँदा क्षेत्र नम्बर २ ले परिर्वतन महसुस गर्न नसकेको भन्दै अधिकांस मतदाताले यसपटक नयाँ अनुहारलाई ल्याउने प्रतिवद्धता जनाएको राणाले सुनाए । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि घरदैलो अभियानमा ब्यस्त रहेका राणाले मतदाताको घरदैलोमा पुगेर भेट गरेका हुन् । उनीहरुका समस्यालाई सम्बोधन गर्ने प्रतिवद्धता सहित रुख चिन्हमा भोट हाल्न आग्रह गरेका हुन् ।
चुनावी प्रचारका क्रममा शनिबार (आज) बिहान राणाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का बासिन्दालाई घर–घरमा पुगेर भेटेका थिए । शनिबार दिउँसो पनि उम्मेदवार राणा भेटघाटमै ब्यस्त रहेको उनको क्षेत्र नम्बर २ को सचिवालयले जनाएको छ ।
मतदाता भेट्ने क्रममा वडा नम्बर १८ स्थित भुजईगाउँ, कारकाँदो, लगायत स्थानमा पुगेका थिए । प्रचारका क्रममा राणा सहित नेपाली कांग्रेसका नेता, कार्यकर्ताको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00