spot_img
Friday, March 31, 2023
Homeब्यानरसंविधानको रक्षाका निम्ति गठबन्धनःकांग्रेस प्रवक्ता डा.महत

संविधानको रक्षाका निम्ति गठबन्धनःकांग्रेस प्रवक्ता डा.महत

spot_img

नेपाली कांगे्रसका प्रवक्ता डा.प्रकाशसरण महतले संविधानको रक्षाका निम्ति गठबन्धनको आवश्यकता परेको बताएका छन ।बाँकेको नेपालगंजमा शुक्रबार प्रेस युनियन बाँके शाखाको आयोजनामा राखिएको एक पत्रकार सम्मेलनमा डा. महतले लोकतान्त्रिक पद्धतिमा सबै राजनिति दलहरुलाई हिडाउनका लागि नेपाली कांग्रेस गठबन्धनको पक्षमा भएको बताए ।नेपाली कांग्रेसका नेता तथा प्रवक्ता डा.महतले नेपाली कांग्रेसले हरेक निर्वाचनहरुको नेतृत्व लिदै गर्दा संविधानको रक्षा तथा लोकतन्त्रको पक्षमा अन्य राजनिति दलहरुलाई ल्याउनका निम्ति गठबन्धनको आवश्यकता परेको बताए ।
प्रवक्ता डा.महतोले लोकतान्त्रि पद्धतिलाई जिवनको लक्ष्य बनाउँदै नेपालमा नेपाली कांगे्रसको विकल्प नभएको बताउँदै सबैलाई लोकतन्त्रको जगमा हिड्न समेत आग्रह गरेका छन । “ठुलो त्याग र बलिदानपछि प्राप्त भएको संविधान र लोकतन्त्तलाई नै खतरामा पु¥याउने षयन्त्रलाई विफल पार्नका लागि वर्तमान गठबन्धनको आवश्यकता परेको हो”प्रवक्ता डा.महतले भने ।गठबन्धन भएपनि धेरै ठाउँमा उम्मेदवारमा समस्या देखिएको बताउँदै समस्या देखिएका स्थानहरुमा मिलाउने प्रयास भइरहेको बताए । बाँके प्रदेश सभा–२“ख ”काँग्रेसको भागमा परेको भएपनि माओवादी केन्द्रले उम्मेदवार उठाएको छ ।त्यस्तै, क्षेत्र नम्बर–३ को प्रदेश ‘क’ मा माओवादीमा देखिएको विवादले दुई जना उम्मेदवार खडा हुँदा काँग्रेसले कसलाई मत हाल्ने रु भन्नेबारे अन्यौलता सिर्जना भएको छ । सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता महतले बाँकेका दुई ठाउँमा देखिएको समस्या समाधान गर्ने प्रयास भइरहेको स्पष्ट पारे । पत्रकार भेटघाट नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here