spot_img
Wednesday, March 29, 2023
Homeब्यानरहँसिला सुरेन्द्र जनताको दैलोमा

हँसिला सुरेन्द्र जनताको दैलोमा

spot_img

मंसिर ४ को निर्वाचन नजिकै गर्दा नेपाली कांग्रेस क्षेत्र न.२ “ख” प्रदेशका उम्मेदवार सुरेन्द्र बाहादुर हमाल जनताका घरदैलोमा पुगेका छन । खास गरी स्थानिय नेताका रुपमा चिरपरिचित नेपाली कांग्रेसका नेता हँसिलो अनुहारका साथ आफ्ना घरमा आएको स्थानियहरु बताउँछन । प्रदेश मन्त्री समेतको अनुभव बटुली सकेका हमाल आफ्नो चुनावि प्रचारप्रसार शैली शालिन र भ्रद हुनु पर्ने बताउँछन ।आफ्ना कामहरुलाई जनतामा मात्रै सिमित गर्न रुची राख्ने हमालले आफु मन्त्री हुदाँ गरेको कामहरुलाई खासै बाहिर ल्याउन चाहेको देखि दैखिदैन ।हमालको क्षेत्र अन्र्तगत पर्ने बेलासपुरको स्मार्ट कृषी परियोजनालाई गरेको सहयोग देखि लिएर विभिन्न मठ मन्दिर गुम्बा तथा मस्जिदहरुलाई आर्थिक रुपमा समेत सहयोग गरेको पाइएको हो । खेलाडिरुपमा आफ्नो सामाजिक लोकप्रियता कमाएका नेता हमालले नेपालीका कांग्रेसलमा मत हाल्नु पर्ने कारण लगायत जनताका कुरा समेत सुन्ने गरेको छन ।प्रदेश सांसदका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका हमाल स्थानिय तहमा सबैले रुचाइएका नेताका रुपमा लिइन्छन ।हमालले सबैलाई समान व्यवहार गर्ने तथा सबैसगँ सहज रुपमा घुल्न सक्ने बानीको कारण पनि उनी लुम्बीनी प्रदेश “ख”का मजवुद उम्मेदवारको रुपमा लिइन्छ ।बाँके क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदिप नरसिंह राणा,प्रदेश सभा “क” सदस्य पदका उम्मेदवार राजकुमार वर्मा समेतको उम्मेदवारी रहेको छ । अन्य क्षेत्रमा गठबन्धन भएता पनि बाँके क्षेत्र नं.२ मा नेपाली कांग्रृेस एक्लै चुनावी मैदानमा उत्रिएको छ । पुर्व प्रधान मन्त्री स्वर्गीय शुशील कोइरालाको क्षेत्र समेत भएको हुदाँ नेपाली कांग्रेसको बलियो पकड भएको क्षेत्र हो । कांग्रेसका केही कार्यकर्ताहरुका अनुसार यस क्षेत्रका कांग्रेसका सक्रिय कार्यकर्ता एकजुट भए मात्रै निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न सक्ने दावी समेत गरेको छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here