spot_img
Friday, September 29, 2023
Homeब्यानर‘जनतालाई झुटो आश्वासन नदिऔं’ : उम्मेदवार राठौंर

‘जनतालाई झुटो आश्वासन नदिऔं’ : उम्मेदवार राठौंर

spot_img

बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार किशोरसिंह राठौंरले घरदैलोका क्रममा जनतालाई झुटो आश्वासन नदिन कांग्रेसका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । बाँकेको बैजनाथमा बुधबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
‘हामीले चुनाव जितेपछि गर्न सक्ने काम मात्रै जनतालाई भन्ने हो, गर्न नसक्ने झुटो आश्वासन दिने होईन,’ राठौंरले भने ‘कांग्रेसले अहिलेसम्म जनतालाई झुटो आश्वासन दिएको छैन, अब पनि जनतालाई झुटो र उधारो आश्वासन दिदैन ।’ गठबन्धनले जितेपछि बाँके क्षेत्र नम्बर ३ मात्र नभएर सिंगो मुलुकको समृद्धि र विकास हुने कांग्रेस सह-महामन्त्री राठौरले बताए ।
सो क्रममा आफ्ना सुझाव दिदै उपस्थित कांग्रेसका नेता, कार्यकर्ताले आफुहरु टोल टोलमा परिचालित भएर गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय हुने प्रतिवद्धता जनाए । कांग्रेस लगायत गठबन्धनका उम्मेदवारको पक्षमा अहिले मतदाताहरु सकारात्मक रहेको उनीहरुको भनाई थियो । नेपाली कांग्रेसका नेतादेखी कार्यकर्ता एक ढिक्का भएर चुनावमा होमिनुपर्ने अधिकांसको सुझाव थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here