बाँकेको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिवाकर शर्मा खनालले आफुप्रतिको बढ्दो जनसमर्थनलाई देखेर विपक्षी भयभीत भएको बताएका छन ।
चुनावी अभियानलाई थप कडा पर्न बिकट क्षेत्रमा हिन्दुत्वको एजेण्डा सहित पुगेका नेता खनालले यस्तो बताएका हुन । उनले भने, ‘हाम्रो चुनावी अभियानलाई देखेर विपक्षी प्रतिस्पर्धी भयभीत भएर झुट्टा प्रचार गर्न सक्रिय भएका छन ।’
उनले थप भने, ‘म हिन्दू एकता गराउने पहिलो लक्ष्यका साथ उम्मेदवारी दिएको हो । त्यसका लागि सदन र सडक दुवै ठाँउबाट आन्दोलन खडा गर्नेछु ।’
‘अहिले हिन्दु संस्कारको बिकास हुन जरुरी छ । हिन्दुका बालबालिकाहरुले हिन्दुका संस्कारलाई बिर्सिदै गएका छन । सम्पुणर् ओमकार परिवारलाई एकजुट गर्न आवश्यक रहेको र त्यसका लागि म ठाँउ ठाँउमा गुरुकुल शिक्षापद्धती अनुसार पाठशाला संचालनका लागि क्याविनेट (सांसदसभा) मा प्रस्ताव लग्ने र लागुगर्न दबाब समेत दिन्छु ।’
नेपालगञ्जमा रहेका छाडा चौपायाहरुको बिषयमा सम्बोधन गर्दै खनालले भने, ‘हिन्दुमा सबै भन्दा ठूलो पाप गौ हत्या हो । उनीहरुको संरक्षण गर्ने होम्रो दायित्व हो । गौ संरक्षणको लागि त्यहाका स्थानियहरु संग सहकार्य गरी डुडुवा गाँउपालिलका स्थित रहेको कम्दी नजिकै खजुरा माता मन्दिर क्षेत्र वरिपरीको ५ कि.मि. जंगलमा तारबार गरेर गौशाला व्यवस्थापन गर्ने योजना बनाएको छु । त्यहा पानीको र घासको व्यवस्था कसैलाई व्यवस्था गर्ने अवस्यकता नै हुदैँन ।’
शिव सेनाबाट उम्मेदवारी दिएका खनालले भने, ‘हामी धर्म माथि कुनै पनि राजनिति गरेका छैनौं, यद्दपी हाम्रो सनातनी धर्म र संस्कार जोगाउनका लागि राजनितिमा आएका छौं । हामीले राज्यको कोषबाट प्राप्त हुने कुनै पनि तलबभत्ता जनता मै बाढने छौं । माताको आर्सिवादले म संग सबै कुराहरु पुगेको छ र मर्नुभन्दा अगाडि हाम्रो संस्कार र धर्म बचाउनका लागि केही गर्नु पर्छ भन्ने धारण हो ।’ उनले राज्यबाट प्राप्त गर्ने तलबभत्ताबाट गरिब हिन्दू परिवारका सदस्यलाई तिर्थाटनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन ।
यस क्षेत्रमा बिभिन्न मठ मन्दिरहरु छन । जसका कारण यो हिन्दुहरुको आस्थाको केन्द्र पनि मानिन्छ । वर्षौ अगाडि निर्माण भएका मठमन्दिर बिषयमा उनले थप भने, ‘कतिपय स्थानिय मठ मन्दिर, गुम्बाहरु जिणर् अपस्थामा रहेका छन । त्यसको संरक्षण, प्रर्वद्धन तथा व्यवस्थापन गर्न म राज्य र धरोहर बीचको माध्यम बनेर जोगाउछु ।’
उनले सामाजिक सञ्जारमा आइरहेको टिप्पणीलाई स्पष्ट पार्दै उनले महाभारत एक धर्म युद्ध थियो, जसमा अर्जुनलाई भगवान श्री कृष्णको साथ थियो । भगवान श्री कृष्ण अर्जुनको सारथी नै बन्नुभएको थियो । आज हामीले हिन्दु एकताका निम्ती हनुमानचालिसा बाड्नु भगवानको आज्ञा हो । होइन भने ती भिरबाट खसेका गाईको सराप हामीलाई लाग्न सक्छ, पाप पखाल्नु छ भने हनुमान चालिसा जाप गर्न सुझाएका छन ।
उनले हिन्दूधर्मको नाममा हुदैँ आएका संस्कार विरोधी गतिविधिलाई नियन्त्रण गर्दै धर्म राष्ट्रको निर्माण गर्ने बताएका छन । हिन्दुत्व जोगाउनका लागि आफुले उठाएका यी एजेण्डा र अहिले बढ्दो जनसमर्थन देखेर प्रतिस्पर्धी सामाजिक सञ्जालमा अफवाह फैलाईरहेको हुदाँ त्यसता बिषयलाई ध्यान नदिन आग्रह गरेका छन ।