बाके नेपालगन्ज उपमहानगरपालिका वडा नं.७ मा मंगलबार बार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।नेपालगन्ज उपमहानगरपालिका वडा न ७को आधारभूत स्वास्थ केन्द्र गगनगंजमा उक्त शिविर सम्पन्न भएको हो । शिविरमा १०१जनाको निःशुल्क आँखा परिक्षण गरि निःशुल्क औषधि उपलब्ध गराईएको छ भने २१ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पतालको रिफर गरिएको आयोजकले जानकारी दिएको छ ।
निःशुल्क आँखा शिविर फत्तेबाल आँखा अस्पताल र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त सहकार्यमा सम्पूर्ण वडामा सञ्चालन भएको हो।
बुधबार समेत निःशुल्क आँखा शिविर नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ को शहरी स्वास्थ्य केन्द्र महेन्द्रपार्कमा सञ्चालन हुने आयोजकले जानकारी गराएको छ ।