मंसिर ४ को निर्वाचन नजिकै गर्दा बाँके नेपाली कांग्रेस क्षेत्र नं. २ का उम्मेदवारहरू यति बेला घरदैलो लगायतका कार्यक्रम तिव्र पारेका छन ।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थितका साथ क्षेत्र नं.२ का प्रतिनिधि सभा तर्फका उम्मेदवार सुदिप नरसिंह राणा पनि जनताको दैलोमा आफ्नो चुनाव चिन्ह सहित होमिएका छन ।
निर्वाचनलाई आफ्नो पक्षमा पार्न उनी संगै कांग्रेसबाट बाँके क्षेत्र नं. २ (ख) प्रदेशसभा सदस्य उम्मेदवार सुरेन्द्र हमाल पनि चुनावी अभियान तिब्रा पारेका छन ।
मंसिर ४ मा पटक मत बदर नहोस भन्नेका लागि मतदाता शिक्षामा विषेश जोड दिन उम्मेदवार प्रदेश उम्मेदवार हमाल बताउँछन। विगतको अनुभवलाई हेर्दै प्रदेश उम्मेदवार हमालले मतदाता शिक्षामा जोड दिन राजनिति दलका नेताकार्यकर्ता तथा निर्वाचन आयोगलाई समेत आग्रह गरेका छन । पुर्व बन तथा भुसंरक्षण मन्त्री समेत बनी सकेका नेता हमालले आफुहरुको घरदैलो आभियानमा समेत उम्मेदवारीको एजेण्डा तथा मतदान सम्बन्धी जानकारी समेत दिने गरेको बताए ।यस अघि भएको स्थानिय निर्वाचनमा अत्याधिक मत बदर भएको निर्वाचन आयोगको तथ्यांक छ ।