spot_img
Friday, September 29, 2023
HomeUncategorized२५ बर्ष देखि यस क्षेत्रबाट सत्तामा रहेकालाई प्रश्न गर्नुस : नेता बिनोद...

२५ बर्ष देखि यस क्षेत्रबाट सत्तामा रहेकालाई प्रश्न गर्नुस : नेता बिनोद चौधरी

spot_img

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले निरन्तर यस क्षेत्रबाट चुनाव जितेर सत्तामा पुगेकाहरुलाई खै बिकास ? भनेर प्रश्न गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘म यस क्षेत्रमा आएको आज २१ दिन भो, यहाँका धेरै क्षेत्र डुले समस्याका चाङहरु सुनेपछि लाग्यो अपार सम्भावना भएर पनि ७७ वटै जिल्ला मध्येको पिछडिएको क्षेत्र यो हो ।’ चौधरीले प्रतिप्रश्न गर्दै भने, ‘यत्रो बर्ष सम्म जनताहरु किन आफुले जिताएको प्रतिनिधिलाई प्रश्न गर्दैनन् । यहाँको बिकास भएन भनेर किन सोध्दैनन् ।’

आफुले जिताएको प्रतिनिधिलाई जवाफदेहिता बनाउनुपर्ने हरेक नागरिकको कर्तव्य भएको चौधरीले बताए । चुनाव जितेर जाने तर बिकासका नाममा माखो नमार्ने प्रवृत्ति अब नचल्ने र जनताको समस्यालाई कुल्चिएर हिड्ने छुट कसैलाई नभएको भन्दै चौधरीले आक्रोस व्यक्त गरे । नेपालमा बिकासको कुल बजेटको १५ प्रतिसत समेत खर्च नहुनु दुखद रहेको बताउदै बजेट अभाव भएर नभै नेतृत्वको भिजन र सोचको अभाव भएको उनको दावी थियो ।

नेपाली कांग्रेस वडा कार्यसमिती बर्दघाट २ ले आज चिसापानीमा गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उमेदवार चौधरीले बुटवल नारायणगढ सडक खण्डको दुरावस्थाले नवलपरासीको विकासलाई बन्दि बनाएर राखेको उल्लेख गरे । सुस्ताको डुवान र गण्डक पिडितको समस्यालाई पटक पटक आफ्ना कार्यक्रमहरुमा उठान गर्दै आएका चौधरीले एकातर्फ डुवान पिडितको समस्या अकातर्फ सचिाईको अभावमा किसान बिस्थापित हुनुपर्ने अवस्था बिडम्बना रहेको बताए ।

गण्डक सम्झौतामा नेपालले पाउनुपर्ने अधिकार र सुबिधाको सम्झौताको फाईल बर्षौ सम्म दराजमा थन्किएर बसेको भन्दै बन्द फाईल चाडै खोल्ने बेला आएको चौधरीले बताए । चौधरीले वडा नम्बर २ को बासखोला पुल, सुखौराको जिणर् सडकका बारेमा समेत चासो व्यक्त गरेका थिए ।

बर्दघाटको वडा नम्बर २ शैक्षिक हवको रुपमा रहेको बताउदै चौधरीले यहाँको शैक्षिक क्षेत्रको बिकासका लागि समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । युवा स्वरोजगारको बिषयलाई उठान गर्दै चौधरीले आजसम्म जिल्लामा सिप सिक्नकालागि सिटिईभिटि टेक्निकल कलेज नहुनु आश्चर्यजनक भएको बताए । यस क्षेत्रका युवाहरुलाई उद्यमशिलता सँग जोड्न निकट भविष्यमै त्यसकालागि पहल गरि स्थापना गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रदेससभा सदस्यका उमेदवार विश्वप्रेम पाठकले बिशेष गरेर यस क्षेत्रको शैक्षिक बिकासका लागि आफुले सक्दो योगदान गरेको बताए । यस क्षेत्रको स्थानिय सरकार गठबन्धनले निर्माण भएको बताउदै उम्मेदवार पाठकले सबैलाई मिलाएर लैजानुको बिकल्प नभएको जिकिर गरे । बिकास निर्माणलाई पुणर्ता दिन प्रदेश र संघमा पनि गठबन्धनलाई बिजयि गराउनु पर्ने पाठकको भनाई थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here