spot_img
Tuesday, June 6, 2023
Homeब्यानरखनाललाई समर्थन गर्दै स्थानियले भने, ‘चुनाव सम्म हामी कसैको चिया खादैनौं’

खनाललाई समर्थन गर्दै स्थानियले भने, ‘चुनाव सम्म हामी कसैको चिया खादैनौं’

spot_img

बाँकेको क्षेत्र नं. २ बाट संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाललाई यस क्षेत्रका स्थानियहरुले समर्थन गर्दै निर्वाचन सम्पन्न नभए सम्म कसैको चिया खाजा नखाने बताएका छन ।

आसन्न मंसिर ४ गतेको निर्वाचन नजिक्दै गर्दा पार्टीगत र स्वतन्त्र उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा जाने क्रम बढेको छ । यसै क्रममा बाँके क्षेत्र नं. संघीय सांसद पदका हिन्दुवादी स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल समेत मतदातालाई भेट्दै हिडेका छन ।

मत माग्ने क्रममा आज बिहान आफ्ना चुनाव चिन्ह अर्ना सहित घरदैलोमा पुगेका शिवसेनाका हिन्दुवादी नेता खनाललाई बाँकेको क्षेत्र नं. २ का ग्रामिण क्षेत्रका मतदाताहरुले चुनाव सम्म आफुहरु कस्सिएर लाग्ने र कसैको चिया नखाने प्रण लिएका छन । घरदैलोमा उम्मेदवार खनाल बेतहानी, डुडुवा खोला पारीका बाबागाँउ, दासपुर्वा, खडैचा, पिररहवा लगायता गाँउमा पसेका थिए र गाँउका स्थानियहरुले समर्थन गर्दै उनले उठाएका एजेण्डामा सहमती जनाएका छन ।
.
उम्मेदवार खनाल संगै बाँकेको क्षेत्र नंं. २ प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार राजकुमार रौनियार पनि आफ्नो चुनाव चिन्ह जेब्रा सहित घरदैलोमा पुगेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here