बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका भित्र रहेको विशेष महत्वका राख्ने त्रिभुवन चोक केही दिन यता जवरजस्ती सुनसान बनाइदै आएको पाइएको छ ।रातीको समयमा नेपालगंज मात्र नभै बाँकै कै आर्थिक ,सामाजिक तथा राजनिति विषय बस्तुका बारमा गहिरो तथा लोकप्र्रिय गफगाफ हुने क्षेत्रका रुपमा विकास हुदै आएको त्रिभुवन चोकमा केही दिन अघि यसै क्षेत्रमा गोलि चलेको आधारमा रातको १२ बजे सम्म चहलपहल रहने त्रिभुवन चोक १० बजे नै सुनसान बनाउनका लागि नेपाल प्रहरीको सिठ्ठि बज्ने गरेको छ । त्यहाँ लामो समय देखि बिक्री हुदै आएका चाट,पानी पुडी लगायतका खानाहरु रहरका साथ विगतको जस्तो रातमा खान नपाउँदाको पिडा स्थानियहरु सुनाउने गरेका छन ।त्रिभुवन चोकमा यस अघि विहानको समयमा श्रमिकहरुको जमघट हुने र सहज रुपमा श्रमीकहरु पाउन सकिने थियो तर आजभोली त्यो परम्परालाई स्थानियत प्रशासनले अन्यत्र सार्ने काम गरेको छ भने अहिले आएर छिटो भन्दा छिटो त्रिभुवन चोक खाली गर्नु पर्ने बाध्यात्मक परिस्थिति सृजना गरीएको देखिन्छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00