मंसिर ४ को निर्वाचनलाई लिएर यती बेला बाँके कांग्रेस क्षेत्र नम्बर–२ तताएको अवस्था देखिएको छ ।पुर्व प्रधानमन्त्री स्वर्गीय शुशील कोइरालाको क्षेत्रको रुपमा चिनिने बाँके क्षेत्र नं.२ मा कांग्रेस एक्लै नै चुनावी मैदानमा होमिएको हो । बाँकेको तीन क्षेत्र मध्ये क्षेत्र नं.२ मात्रै कांग्रेस एक्लो चुनावी मैदानमा रहेको छ भने बाँकी क्षेत्रमा सत्तारुढ गठबन्धन रहेको छ ।एक्लो तर बलियो अवस्थामा रहेको कांग्रेस बाँके क्षेत्र नं.२को प्रतिनिधि सभाको चुनावमा संघिय सांसदको उम्मेदवारको रुपमा सुदिप नरसिंह राणा,क्षेत्र नं.२ कै प्रदेश “क”मा राजकुमार बर्मा,त्यस्तै प्रदेश “ख”मा सुरेन्द्र बहादुर हमाल रहेका छन । आफ्ना उम्मेदवारहरुलाई पुर्व प्रधानमन्त्रीको क्षेत्रमा एक्लै चुनाव लड्न पाउनु पर्ने नेपाली कांग्रेसका कार्यकर्ताको माग समेत रहेको थियो ।स्थानिय स्तरमा राम्रो छवी बनाउने सफल रहेको नेपाली कांग्रेस प्रतिनिधि सभा सदस्यका उम्मेदावर सुदिप नरसिंह राणा युवाका रुपमा प्रतिनिधि गरेका छन । यसै गरी निकै शालिन तथा शान्त स्वाभावका रहेका लुम्बिनी प्रदेशमा मन्त्री समेत रहेका सुरेन्द्र बहादुर हमाल“पुस्कर” प्रदेश “ख”मा उम्मेदवारी दिएका छन यसैगरी ग्रामिण तथा शहर क्षेत्रमा राम्रो पकड बनाउने सफल रहेका बाँके क्षेत्र नं.२ प्रदेश “क”का उम्मेदवार राजकुमार बर्मा रहेका छन ।

यसरी आफ्ना उम्मेदवारहरुलाई निर्वाचनमा विजय गराउनेका निम्ती शुक्रबार यस क्षेत्रमा निर्वाचन प्रसारप्रसार समितिको कार्यालय उद्घाटन गरीएको छ ।उद्घाटनमा बोल्ने अधिकांश वक्ताहरुले पछिल्लो समय निर्वाचन आफ्नो पक्षमा बनेको हुदाँ नेपाली काग्रेसमा इमान्दारीता भए निर्वाचन जित्न कुनै दुख नगर्नु पर्ने बताए ।सम्र्पक कार्यालय सचिवालय नेपालगंजमा घरबारी टोलमा नेपाली काग्रेस प्रदेश २ “ख” र नेपाली काग्रेस वडा नं.२को सयुक्त आयोजनामा निर्वाचन प्रसारप्रचार समितिको कार्यालय वडा नं.२ मा उद्घाटन गरीएको छ भने नेपालंज उपमहानगरपालिका वडा नं.१८ मा उद्घाटन गरीएको नेपाल विद्यार्थीसंघ बाँके अध्यक्ष चक्र बहादुरले जानकारी दिएका छन ।
