spot_img
Tuesday, March 28, 2023
Homeब्यानरस्वतन्त्र उम्मेदवारको पब्पिलेट माथि राजनीति

स्वतन्त्र उम्मेदवारको पब्पिलेट माथि राजनीति

spot_img

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशैभर माहोल तातिएको छ । राजनितिक दलले खडा गरेका उम्मेदवार र स्वतन्त्र उम्मेदवार यतिबेला जनताको दैलोमा कसरत गरिरहेका देखिन्छन ।

यति बेला बाँकेको क्षेत्र नं. २ अन्य निर्वाचन क्षेत्र भन्दा बढी चासोले हेर्ने गरिएको छ । उम्मेदवारले आफ्नो पक्षमा चुनावी माहोल बनाउन आफ्ना प्रतिबद्धता पत्र सहित शहर र गाँउमा निकै कसरत गरिरहेका छन ।

निर्वाचन आयोगको कडा निगरानीका बाबजुद चुनावी माहोल तातिए संगै यस क्षेत्रमा एक उम्मेदवारले अर्को उम्मेदवार बारे गलत प्रचार, सामाजिक सञ्जाल मार्फत फेक आइडी बनाएर अर्को दलको उम्मेदवार बारे भ्रमक प्रचारप्रसार एवम उप्रान्त किसिमका गतिविधि बढेको छ ।
बाँकेको क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार इरफान अह्मद शेषको प्रचारप्रसारमा प्रतिकुल असर पर्ने गरी जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मो. इस्तियाक राईको तस्विर राखिएको पाईएको छ ।

बिद्युतको पोलमा स्वतन्त्र उम्मेदवार शेषको टासिएका पब्पिलेट माथि जसपाका राईले आफ्नो स्टिकर राखिएको तस्विरले देखाउछ । उम्मेदवार शेषले आफ्ना कतिपय स्थानमा पब्पिलेट समेत च्यातिएको बताएका छन ।

उनले हामीलाई प्रतिक्रिया दिदैँ भने, ‘पहिले त म उम्मेदवारी नै नदिउ भनेर बिभिन्न षड्यन्त्र गर्न लगाइयो, मैले उम्मेदवारी दर्ता गर्न गएको बेलामा पनि आयोगको हाता भित्र मेरो हात भाचियो, अहिले पनि निर्वाचनमा सहभागी नहुन बिभिन्न षड्यन्त्र गरिदैछ ।’

उनले थप भने, ‘मो. राई अहिले आफ्नो हारको मानसिकतामा पूणर् रुपमा पुगिसकेका छन । निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार दिएको छु । प्रचारप्रसारका लागि विद्युतको पोलमा टासिएका पर्चा पब्पिलेट च्यात्न लगाउने र आफ्ना नेता कार्यकर्ता मार्फत पब्पिलेट माथि आफ्नो तस्विर राख्न लगाउने कार्यको म बिरोध गर्दछु । मेरो उम्मेदवारी संगै उनी हार्ने मानसिकता कै कारण यस्तो कार्यमा उत्रिएका हुन ।’

उम्मेदवार शेषले यो कार्यको बिरोध गर्दै आयोगको पनि ध्यानाकर्षण गराउने बताएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here