रामकुमार श्रेष्ठ, पुर्व नवलपरासीमा नवलपुर प्रहरीले ४ लाख बराबरको अखाद्य माछा बरामद गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार नेपाल भारत सिमावर्ती क्षेत्र रुपेन्देहीको छपियाबाट काठमाडौं लैजादै गरेको सडेगलेका ४ लाख बराबरको भारतीय माछा बरामद गरी नष्ट गरिएको हो ।
लु २ च ६९०३ बोलेरो पिकअपमा ल्याउँदै गरेको २० क्विन्टल माछा कावासोती ८ को वन कार्यालय नजिकैबाट बरामद गरिएको हो ।
00