spot_img
Saturday, April 1, 2023
Homeब्यानरस्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक छैन ः आयुक्त...

स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक छैन ः आयुक्त भण्डारी

spot_img

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता परिपालना गर्ने सम्बन्धमा आयोगमा परेका उजुरी र प्राप्त सूचनालाई आधार मानी प्रमाणको आधारमा दलका नेता एवं उम्मेदवारलाई स्पष्टीकरण माग्दा त्यस्ता व्यक्तिहरूले आकाश खस्यो, पृथ्वी फुट्यो भनेजसरी कोलाहाल गर्नु कानूनको दृष्टिमा नमिल्ने कुरा भएको स्पष्ट पारेका छन ।

गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको आइतबार पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले यस्तो जिकिर गरेका छन ।

आयुक्त भण्डारीले भने, ‘स्पष्टीकरण सोध्नु नै आचारसंहिता उल्लंघनकर्तालाई कारबाही भएको नभई निज विरुद्ध परेको उजुरीमा प्राकृतिक न्यायको सिद्धान्त बमोजिम सुनुवाइको मौका दिइएको र मौकामा प्रतिक्रिया पेश गरेपछि आयोगले संकलन गरेको प्रमाण र निजले पेश गरेको प्रतिक्रियालाई विश्लेषण गरी आयोगबाट हुने निणर्यलाई मात्रै निजलाई हुने कारबाही ठहर हो ।’

उनले त्यसपछि मात्रै आचारसंहिता उल्लंघनकर्तालाई कसुरदार ठहर गर्ने वा सफाइ दिने निणर्य मात्र अन्तिम निणर्य भएकाले यसलाई राम्रोसँग बुझ्न आग्रह गरेका छन ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन होला कि नहोला भन्ने आशंका बीच सञ्चार जगतले निरन्तर निर्वाचनका पक्षमा खबरदारी गरेका कारण तोकिएको मितिमा अभूतपूर्व रूपमा निर्वाचन सम्पन्न हुन सकेको उनले बताए । निर्वाचन आयोगले संविधान, कानून, ऐन, नियम, निर्देशिका मात्रै चिन्ने बताउँदै आयुक्त भण्डारीले कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन लागू गरिने बताए ।

आयोगले आचारसंहिता उल्लंघनको सूचना तथा उजुरी विभिन्न माध्यमबाट लिन सक्ने भएकाले मिडियाबाट सम्प्रेषण हुने समाचार तथा सूचनालाई आधार मानेर आचारसंहिता उल्लंघन गर्नेहरूमाथि आयोगले छानबिन र कारबाही गर्ने उनले स्पष्ट पारे । निर्वाचन आचारसंहिता राजनीतिक दलहरूको सहभागितामा बनाइएको र सोको कार्यान्वयन गर्न दलहरूले प्रतिबद्धता जनाइसकेको अवस्थामा यसको पूणर् कार्यन्वयन हुन सकेमा निर्वाचन पूणर्रूपमा स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूणर् हुने आयुक्त भण्डारीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here