निर्वाचन आयुक्त डा।जानकी कुमारी तुलाधारले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित एवं मितव्ययी निर्वाचनका लागि राज्यको चौथो अंग पत्रकारिताको भूमिका महत्वपूणर् रहेको बताएकी छन ।
नेपालगञ्जमा बिहीबार आयोजित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशस्तरीय मिडिया अभिमुखीकरणमा आयुक्त डा.तुलाधरले आयोगले मिडियासँग ‘हामी सधैँ सँगै’ भन्ने मूल मन्त्रका साथ सहकार्य गरिरहेको जानकारी दिइन ।
संवैधानिक काम, कर्तव्य र दायित्व पूरा गर्न आयोग सक्षम रहेको बताउँदै उनले मिडिया सँगको सहकार्य र समन्वयलाई आयोगले उच्च महत्व दिएको बताईन । स्वतन्त्र, निष्पक्ष र मितव्ययी निर्वाचन गराउन मिडिया र सञ्चारकर्मीको सक्रिय र रचनात्मक भूमिका अपरिहार्य रहेको आयुक्त तुलाधारले सम्बोधन गरेकी थिइन ।
आयोगको नीति र रणनीति अनुसार नै मिडिया अभिमुखीकरण आयोजना गरिएको बताउँदै उनले निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात्का समयमा हुने गतिविधिमा मिडियाको भूमिका महत्वपुर्ण रहने जिकिर गरेकी थिइन । निर्वाचन आचारसंहिता पुर्ण रुपमा पालना गराउन सबैभन्दा चुनौतीपूणर् रहेको उल्लेख गर्दै आयुक्त डा. तुलाधरले आचारसंहिता उल्लंघन गर्नेहरूको रिर्पोटिङ गरी आयोगलाई सूचना दिएर मिडियाले सहयोग पुर्याउनुपर्ने बताइन ।
राजनीतिक दल तथा उम्मेदवारले गर्ने निर्वाचन प्रचार प्रसारका क्रममा आचारसंहिता उल्लंघन गरेर नगरेको विषयमा पहरेदारको भूमिका मिडियाले निर्वाह गर्न सकेमा निर्वाचनको स्वच्छता कायम राख्न सकिने आयुक्त डा.तुलाधरले बताइन ।
निर्वाचनका क्रममा प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूणर् अभिव्यक्तिलाई निरुत्साहित गर्न मिडिया र सञ्चारकर्मीहरू अगुवा गर्नुपर्नेमा आयुक्त डा.तुलाधरले जोड दिइन । सामाजिक सञ्जालबाट प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूणर् अभिव्यक्ति नियमन गर्न आयोगले विभिन्न टेक कम्पनीहरू सँग सहकार्य गरिरहेको जानकारी समेत दिइन ।
मतदानस्थल, मतदातालाई पहुँचयोग्य बनाउन मिडियाहरूले दिएको सुझावलाई मनन् गरेर आयोगले सुधार गरेको बताउँदै उनले कुनै पनि मतदाता आफ्नो मताधिकारबाट वञ्चित नहोउन् भनेर आयोग सजग रहेको बताउँदै उनले मतदानको महत्व र मतदान गर्ने सही तरिकाबारे मिडियाले सामग्री सम्प्रेषण गर्नुपर्ने र मतदाता शिक्षालाई मतदाताको घरदैलोमा पुर्याउने गरी आयोगले संयन्त्र निर्माण गरेको जानकारी गराइन ।
स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन मिडिया तथा सञ्चारकर्मीहरूले महत्वपूणर् भूमिका खेलेको उल्लेख गर्दै आयुक्त डा. तुलाधरले अभिमुखीकरण कार्यक्रमबाट सञ्चारकर्मीलाई निर्वाचनका विविध पक्षबारे बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन ।कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री,,मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश बाँकेका धनसिंह महरा लगायतले बोलेका थिए भने निर्वाचन आयोगका उपसचिव कमल ज्ञवालीले निर्वाचन र संचार माध्यम तथा राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक राजु शाक्यले निर्वाचनमा मिडिया र पत्रको भुमिकाका विषयमा प्रस्तुतिकरण दिएका थिए ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00