शिवराज साहु
बाँकेको नेपालगंज स्थित हिन्दुहरुको पवित्र धार्मिक मंन्दिर बागेश्वरी मंन्दिरमा शनिबार द्धितिय ११ हजार दिप प्रज्वलन गरी दीपोत्सव मनाइएको छ । बागेश्वरी मन्दिरको परिसरमा विगतको वर्षको कार्यलाई निरन्तरता दिदै एकैपटक ११ हजार दीप प्रज्वलन गरेर दिपोत्सव मनाइएको हो ।गत वर्ष ११ हजार एकसय ११ दीप प्रज्वलन गरिएको जय श्री सियाराम युवा क्लवले बताएको छ । युवा क्लवका अध्यक्ष शुशिल साहुका अनुसार दीपोत्सव कार्यक्रम भव्य रुपमा मनाइएको बताए ।

00