spot_img
Thursday, September 28, 2023
Homeब्यानरलुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाइनेछ:- सभापति पुन

लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाइनेछ:- सभापति पुन

spot_img

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाउन सकिने बताएका छन । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सभापति पुनले प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा उपयुक्त गुरुयोजना बनाएर लुम्बिनीको आर्थिक गतिविधिलाई थप चलायमान बनाईनु पर्ने बताएका हुन ।
सभापति पुनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र यो प्रदेश अन्य प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको बताउदै यसको प्रचारप्रसार तथा प्रबर्द्धनले पर्यटनको वृद्धि हुनेमा जोड दिए ।
प्रदेश सभा २ रोल्पाका प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहेका पुनले युवाहरूलाई उद्दममा आकार्षित गर्न राज्यले उद्यम मैत्री वातावरण निर्माण गर्नुपर्ने बताउनु पर्नेमा जोड दिएका छन । कृषिको आधुनिकीकरण र पर्यटन क्षेत्रको विकासले युवाहरूलाई नेपाल मै स्वरोजगार बनाउन सकिने उनले बताए ।
युवाहरू राष्ट्र निर्माणका साझेदार र महत्वपूर्ण सम्वाहक भएकाले युवाहरूको सहभागीता र नेतृत्वले मात्र समृद्ध नेपालको आधारशिला खडा हुने उनको तर्क रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here