spot_img
Wednesday, June 7, 2023
Homeब्यानरसडकवत्ती बाल्दै कोहलपुर नगरपालिका

सडकवत्ती बाल्दै कोहलपुर नगरपालिका

spot_img

कोहलपुर नगरपालिकाको उज्ज्यालो कोहलपुर अभियान अन्तर्गत पिपरी बजार क्षेत्रमा सडकवत्ती जडान गरिएको छ । कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत वडा नं. ८ पिपरी बजार क्षेत्रका सडकमा वत्ती जडान गरिएको हो । कोहलपुर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष लालबहादुर रानाका अनुसार १८ वटा सडकवत्ती जडान गरिएको छ । ‘नगरपालिकाको उज्ज्यालो कोहलपुर बनाउने अभियानअनुसार नै सडकवत्ती जडान भएको हो वडाअध्यक्ष रानाले भने,–‘यसले एकातिर बजार क्षेत्रलाई उज्ज्यालो बनाउने काम गरेको छ भने अर्कोतर्फ आकर्षण पनि थपेको छ ।’ कोहलपुर नगरपालिकाले यसअघि पहिलो चरणमा चौराहदेखि गोल्छासम्म सडकवत्ती जडान गरिसकेको छ । सडकवत्ती जडानपछि रात्रीकालीन यात्रामा समेत सहज हुने अपेक्षा गरिएको छ । उज्ज्यालो कोहलपुर अभियान अन्तर्गत दोस्रो चरणमा पिपरी बजार क्षेत्रमा सडकवत्ती जडान गरिएको नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here