spot_img
Wednesday, September 27, 2023
Homeब्यानरजसपाका नगर अध्यक्ष तथा भुमी आयोग बाँकेका अध्यक्ष ठगीमा मुद्दामा पक्राउ

जसपाका नगर अध्यक्ष तथा भुमी आयोग बाँकेका अध्यक्ष ठगीमा मुद्दामा पक्राउ

spot_img

बाँके । जनता समाजवादी पार्टीका नगर अध्यक्ष तथा राष्ट्रिय भुमी आयोग बाँकेका अध्यक्ष श्रवणकुमार यादव ठगीमा मुद्दामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा चेक बाउन्स र ठगी सम्बन्धी मुद्दा परेपछि यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।रवीन्द्र लामिछाने नाम गरेका व्यक्ति सँग व्यावसायिक कारोबारका दौरानमा यादवले ठगी गरेको भन्दै केही दिनअघि बाँके प्रहरीमा जाहेरी परेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले ठगी मुद्दाका दुवै पक्ष बीच सहमति गराएर लेनदेनको विवाद अन्त्य गराउने प्रयास गरिरहेको बताए । दुवैपक्षको बयान लिएर यादवले जाहेरी कर्ताले दाबी गरेको रकम दिने बाचा गरे पनि उनलाई तारेखमा राखिएको बुझिएको छ ।

बैंकबाट ऋण लिएर रकम फिर्ता गर्ने बाचा यादवले गरेका अधिकारीको भनाइ छ । जाहेरीकर्ताले यादव विरुद्ध करिब ७० लाख रूपैयाँ ठगी तथा चेक बाउन्सको मुद्दा दायर गराएका एसपी अधिकारीले जानकारी दिए ।स्रोत:मिसनटुडे

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here