ठाकुरबाबा नगरपालिकाले गत भाद्र ५ गते औपचारिक रुपमा हात धुने अभियान शुरु गरे पश्चात हाल यो अभियान वडाहरुमा केन्द्रित भएको छ ।
ठाकुरबाबा नगरपालिकालाई नेपाल मै पहिलो पूर्ण हात धुने नगरपालिका घोषणा गर्ने लक्ष्य लिएर शुरु गरिएको यो अभियान अन्तरगत पहिलो चराणमा वडा नं. १, ४ र ९ का वडाहरुमा सामुदायिक हात धुने अभियानकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण दिए पश्चात उनीहरुको सहजीकरणमा वडा वडामा हात धुने अभियान चलिरहेको छ ।
यसैबीच मंगलबार वार्ड वास समन्वय समितिको आयोजनामा वडा नं. १ मा रहेका राजनीतिक दलका प्रतिनिधिहरु, बडघरहरु, शिक्षकहरु, आमा समूहका सदस्यहरु, सामुदायिक हात धुने अभियान्ताहरु र समुदायका सदस्यहरुको सहभागितामा हात धुने अभियानबारे समुदायमा जानकारी गराउने र अभियानको प्रचार प्रसार गर्ने गरिएको छ ।
वडा वास समन्वय समितिका अध्यक्ष एव्म निवर्तमान वडाध्यक्ष कृष्ण प्रसाद थारुको अध्यक्षतामा हात धुने अभियान र पूणर् हात धुने कार्यबाट हुने फाइदाहरुका बारेमा छलफल गरेर शुरु गरिएको कार्यक्रमका सहभागीहरुको र्यालीले डुम्रेनी गाउँ परिक्रमा गरी हात धुने स्थान बनाउन स्थानीयहरुलाई उत्प्रेरित गर्नुका अतिरिक्त बनेको हात धुने स्थानहरुको प्रयोग बारेको अनुगमन पनि गरेको थियो ।
सो क्रममा माइकबाट समेत हात धुने अभियानमा सहभागी हुन र घरघरमा कम्तिमा पनि टुटी सहितको हात धुने स्थान बनाएर पूणर् रुपमा हात धोइ पालिकाको अभियानलाई सफल बनाउन अनुरोध गरिएको थियो ।
कार्यक्रममा पालिकाको यो अभियानमा प्राबिधिक सहयोग गरिरहेका गेरुवा ग्रामीण जागरण संघ र तेर दे जेम्सका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00