spot_img
Sunday, February 5, 2023
Homeब्यानरसंवाद समूहको पहल, रेडक्रसका संरचना विस्थापन गरिदै

संवाद समूहको पहल, रेडक्रसका संरचना विस्थापन गरिदै

spot_img

भेरी अस्पतालको परिसरमा रहेका संरचना(सटर) विस्थापन गर्न खोजीदाको विवाद सदाका लागि साम्य भएको छ । संवाद समूह बाँकेको निरन्तर सहजीकरणपछि नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा र भेरी अष्पतालका पदाधिकारीबीच औपचारिक सहमती भएको हो ।
अष्पताल प्रशासनले व्यवसायिक प्रयोजनका लागि दिइएका १९ वटा पक्की सटर ०७८ असोज १ गते डोजर लगाएर भत्काएपछि नेपाल रेडक्रस सोसाइटी र नेपाल चिकीत्सक संघले आफनो स्वामीत्वमा रहेका संरचना जोगाउने प्रयास गरेपछि विवाद लम्विएको थियो । भेरी अष्पतालले आफनो स्तरोन्नती र विकासका लागि भन्दै पुराना संरचना भत्काउने अभियान शुरु गरेको थियो । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा अन्तर्गत ६ वटा सटर र चिकीत्सक संघ भेरीको ५ वटा सटर रहेका छन् । सटरसँगै जोडीएको अर्कोे भवनबाट रेडक्रसको रक्तसंचार सेवा प्रवाह भइरहेको छ । सो को भरपर्दो विकल्प तयार नहुँदासम्म रक्तसंचार सेवालाई प्रभावित नपारिदिन भन्दै रेडक्रसले गत वर्ष सहजीकरणका लागि संवाद समूहलाइ औपचारिक आग्रह गरेको थियो ।
समूहले सरोकारवालासँग चरणवद्ध संवाद सहजीकरण गरेपछि हालै दुबै पक्षबीच ६ वुँदे लीखीत सहमती भएको हो । भेरी अष्पताल विकास समितिका तर्फबाट मेडिकल सुपरीटेण्डेन्ट डा बद्री चापागाई र नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका तर्फबाट मन्त्री अजीज अहमद सिद्यीकीबीच लीखीत सहमती भएको हो । संवादकै सहजीकरणकै कारण यस अघि चिकीत्सक संघ सँग पनि सहमती भएर संरचना भत्काइसकिएको छ ।
सहमती पत्रमा रेडक्रसको भोगाधिकारमा रहेका ६ वटा सटर विस्थापन गर्दा हुने नोक्सानीको क्षतीपुर्तीका लागि अस्पताल विकास समितले सम्वन्धित सरकारी कार्यालयका प्रविधिकबाट मुल्यांकन गराइ सरोकारवाला ममन्त्रालयमा निर्णय सिफारिस गर्ने र क्षतीपुर्तीका लागि आवशयक पहल गरिदिनु पर्ने, सटर विस्थापन गर्दा रक्त सञ्चार सेवा केन्द्रको भवनमा कुनै असर÷क्षती भएमा अष्पताल विकास समितिलेनै मैर्मत सम्भार गर्ने, रक्त सञ्चार सेवा केन्द्रमा नियमित विद्युत आपुर्ती व्यवस्था गर्ने, रक्त सञ्चार सेवाको नयाँ भवन बनेमा सो भवनमा पनि सोही अनरुप विद्युत व्यवस्था गरिदिने उल्लेख गरिएको छ । यस्तै रेडक्रसको माथिल्लो तलामा रक्त संचार सेवामा प्रयोग भइरहेका उपकरण, फर्निचर, ल्याव सामाग्रीको उचित व्यवस्थापनका लागि अस्पतालले उपयुक्त स्थान उपलव्ध गराउने, रक्त सञ्चार सेवा केन्द्रको भवनमा कुनै पनि असर नपर्ने गरि अस्पताल विकास समितिले आफनै खर्चमा संरचना व्यवस्थापन गर्ने, संरचनागत सामाग्रीहरु (इटा, झ्याल, ढोका, सरिया) नेपाल रेडक्रस सोसाइटीकै भएकाले सो को जिम्मेवारी (विक्री,वितरण, व्यवस्थापन) स्वयं रेडक्रसले गर्ने र सहमती यथाशक्य कार्यान्वयनमा लगीने पनि सहमती गरिएको छ ।
सहमतीपछि रेडक्रस बाँके जिल्ला शाखाका सभापति गोवद्र्धन सिंह सम्झनाले निरन्तर संवादले सहज सहमती भएकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।
यस्तै भेरी अष्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा बद्री चापागाईले सहमतीलाई कार्यान्वयनमा लैजाने विश्वास दिलाउनु भयो । यसअघि संवाद सहमतीउन्ुमख भइरहेकै बेला नेपाल सरकारको तर्फबाट रक्त सञ्चार सेवा केन्द्रको नयाँ भवनका लागि वजेट छुटयाइएपछि सहमती कार्यान्वयनमा थप सहजता देखीएको छ । अस्पतार परिसरमै रक्त सञ्चार सेवा केन्द्र भवन निर्माणका लागि शिलान्यास समेत भइसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here