बाँके जिल्ला लगायत देशभर आज र भोली भिटामिन ए र जुकाको औषधी खुवाइदै छ । बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका भित्रका करीब तेह्र हजार र जिल्लाका करिब बाउन्न हजार बालबालिकालाई जुकाको औषधी खुवाउदै गरेको नेपालगंज उपमहानगरपालिका स्वास्थ्य महाशाखा पोषण फोकल पर्सन तेज वलीले बताए । पोषण फोकल पर्सन वलीका अनुसार जिरो देखि उन्नसाठ्ठी महिनाका बालबालिकाहरुलाई आज कार्तिक २ र ३ गते महिला स्वास्थ्य स्वय सेविकाहरुबाट भिटामिन ए र जुकाको औषधी खुवाइदै छ ।
00