spot_img
Saturday, April 1, 2023
Homeब्यानरहिन्दुधर्मालम्बीहरुलाई एकिकृत पार्दै हिन्दुवादी नेता दिवाकर खनाल

हिन्दुधर्मालम्बीहरुलाई एकिकृत पार्दै हिन्दुवादी नेता दिवाकर खनाल

spot_img

विगत तीन दशक बढिबाट हिन्दुहरुको मसिहाका रुपमा आफुलाई स्थापित गराएका हिन्दुवादी नेता दिवाकर शर्मा खनाल,बाँकेका क्षेत्र नं.२बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनमा होमिएका छन ।अर्ना चुनावी चिन्ह लिएर निर्वाचनमा होमिएका नेता खनाल यती बेला आफ्ना क्षेत्रमा भएका हिन्दुहरुको समस्यालाई बुझ्दै र आफुलाई मतको आवश्यकता परेको भन्ने सन्देश दिदै हिडेका छन । हिन्दु धर्मलाई राजनितिसंग जोड्न नहुन भन्दै आएका कतिपय व्यक्तिहरुले समेत खनालको अभियानलाई खुला रुपमा सहयोग गर्ने बचन समेत दिएका छन । जितलाई भन्दा पनि हिन्दुहरुको एकतालाई मुख्य मुद्धाको रुपमा लिने भन्दै उम्मेदवार खनालले अन्य धर्महरुको समेत संरक्षणाको बाटोमा हिन्दु धर्म भएको हुदाँ यसको संरक्षण गर्नु पर्ने आफ्ना मतदाता माझ भन्ने गरेको बुझिएका छ ।हिन्दुहरुको अवस्थालाई विगत लामो समय देखि विश्लेषण गर्दै आएको बताउने प्रतिनिधि सभा सदस्य खनालले हिन्दुको मतलाई सधै राजनितिक रुपमा प्रयोग गर्दै अन्य राजनितिक दलले आफ्नो स्वार्थ सिद्धिको लागि गरेको हुदाँ आफ्नो उम्मेदवारी भएको बताए । प्रतिनिधि सभा सदस्यमा उम्मेदवारीको मतका लागि घरदैलोमा हिडेका खनालले हिन्दुको मतलाई अवका दिनमा बार्गीङ गर्न सक्ने अवस्थामा लैजान समेत अहिले आफ्नो विजय आवश्यक भएको बताउँछन ।शिवसेना लगायतको संगठनको साथ सहयोग पाउँदै आएका उम्मेदवार खनाल नेपाली कांग्रेसका पुराना नेता समेत हुन । नेपाली कांग्रेस नेता स्वर्गीय खुम बहादुर खड्काले समेत हिन्दु धर्मको पक्षमा वकालत गरेको हुदाँ नेपाली कांग्रेसमा समेत हिन्दु धर्मको आवश्यकता भएको मान्ने खेमाहरुको आफुलाई सहयोग हुने हिन्दुवादी नेता खनालको दावी रहेको छ । क्षेत्र नं.२ का अधिकांश ग्रामिण क्षेत्रहरुमा खनाललाई हिन्दु नेताका रुपमा स्वीकारी सकेको देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here