spot_img
Sunday, February 5, 2023
Homeब्यानर'यो गठबन्धन संविधानको रक्षाका लगी प्राकृतिक हो'-किशोर सिंह राठौर

‘यो गठबन्धन संविधानको रक्षाका लगी प्राकृतिक हो’-किशोर सिंह राठौर

spot_img

खजुरा-४ ई गाउँको सभाहलमा सत्तारुढ गठबन्धनले अगुवा कार्यकर्ता आयोजित चुनाव लक्षित छलफल तथा भेटघाट कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. ३का प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोर सिंह राठौरले संविधान रक्षाका लगी बनेको यो गठबनधन प्राकृतिक भएको बताएका थिए ।

स्थानीय तहमा जसरी गठबन्धनबाट सकार बन्यो त्यसरी नै अब प्रदेश र संघको सरकार बनाउन सके यहाँको विकास सहज हुने कुरामा राठौरले जोड दिएका थिए ।

कांग्रेस सह-महामन्त्री समेत रहेका उम्मेद्वार राठौरले भने -‘म सँधै जनताको सेवाका लागी राजनीतिमा छु । यहाँको विकासका लागी म सँधै प्रतिबद्ध छु ।’

क्षेत्र नं. ३ प्रदेश सभा २ का उम्मेद्वार बादशाह कुर्मीले गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन अपील गरेका थिए ।

क्षेत्र नं. ३ समानुपातिक उम्मेद्वार आशा वि.क.ले गठबन्धनको विकल्प नभएकाले गठबन्धनलाई जिताउन कार्यकर्ताहरु परिचालीत हुन आह्वान गरेकी थिईन ।

खजुरा गाऊँपालिका अध्यक्ष डम्बर वि.क. तुफानले भने-‘खजुरा भत्काउनेलाई चुन्ने कि खजुरा बनाउनेलाई चुन्ने छुट्याउने बेला आएको छ ।’
अध्यक्ष तुफानले भने ‘बालुवाटारर सिंहदरवारमा दबाव दिन सक्ने नेता उम्मेद्वारका रुपमा राठौरलाई पाएका छौं,अब उहाँलाई जिताउनु पर्ने छ ।’

खजुरा गाऊँपालिका उपाध्यक्ष मञ्जु मल्लले कार्यक्रममा गठबन्धनलाई कार्यान्वयन गराउन अगुवा कार्यकर्ताहरुको महत्वपुर्ण भूमिका रहेको भनाई राखेकी थिईन ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति मो.नक्कि खाँले गठबन्धनले स्थानीय तहमा चुनाव जितायो अबको गठबन्धनले प्रदेश र संघको चुनाव जित्नु पर्ने आबश्यकता रहेको बताए ।
कांग्रेसका अगुवा कार्यकर्ता गगन बहादुर वि.क.ले सशक्त जुझारु नेता किशोर राठौरलाई उम्मेद्वारका रुपमा पाउनु गर्वको कुरा भएको बताएका थिए ।

वडा नं. ४ का अध्यक्ष एवम माओवादी नेता देव वहादुर रोकायले सहभागीहरुलाई स्वागत गरेका
थिए ।
ऋषीकेश जि.सी.ले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व खजुरा वडा नं.४ कांग्रेस सभापति मानबहादुर थापाले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here